नेपाली जनसम्पर्क समिती इजरायलको चाड पर्बको अबसरमा शुभकामना आदानप्रदान सङै दुई दिने भ्रमण सम्पन्न !

इजरायल बिसेष
तिनजुरे अनलाइन !
नेपालीहरूको महान चाड बडादसैं म्व:नि नख, शुभ दीपावली,नेपाल सम्वत् र छठ पूजा को उपलक्ष्यमा सुभकामना आदान प्रदान सङै नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसंम्पर्क समिति इजरायलको दुई दिने भ्रमण सम्पन्न भएको छ !
गत अक्टोबर १५ र १६ तारिख ६२ जनाको भ्रमण यात्रा तेल अविव को लेबेन्सकी पार्क बाट अक्टोबर १५ शुक्रबार बेलुकी ५ बजे शुभारम्भ भएको थियो। यात्रामा विविध मनोरञ्जनात्मक नृत्य सँगै यात्रा बेलुकी आको शहरको सुविधासम्पन्न होटल मा पुगे पश्चात खाना बनाउने साथै टिका लगाउने सुभकामना आदान प्रदान सङै संगै विभिन्न सांगितिक मनोरञ्जनात्मक कार्यक्रमहरु भएको प्रबक्ता राजेन्द्र उप्रेतीले जानकारी दीएका छन !
 
उक्त कार्यक्रम नेपाली जनसंम्पर्क समितिका सभापति दीपिका भुसालद्वारा पानसमा बत्ती बाली उद्घघाटन गर्नुभएको थियो, भ्रमणमा सहभागी सम्पूर्ण महानुभावहरुलाई जनसंम्पर्क समितिका संरक्षक सुभाष खरेल तथा लुम्बिनी प्रदेश प्रमुख/जन सम्पर्क समिति समन्वय विभागका आमन्त्रित सदस्य भक्ति सापकोटा द्वारा दशैको टीका लगाई दिनु भएको थियो ! अक्टोबर १६ शनिबारका दिन बिहान ८ बजे भ्रमणयात्रा रोसनिक्रा रोसनिक्रा को मनमोहक दृश्यावलोकन र मनोरञ्जन पश्चात ११ बजे हाइफा शहर तर्फको यात्रा बहाई गार्डेनको अवलोकन समेत गरेको थियो !     
  भ्रमणलाई सफल बनाउन कार्यक्रम संयोजक कटक श्रेष्ठ को नेतृत्वमा अनु थापा मातृका तिमल्सिना माया खनाल ,नितु कार्की, कुशुम रिचा, प्रभा घिमिरे,सबिषा थापा र सूर्य राना ,लाल दुरा राजन खनाल राज छत्कुली , कोपिला भट्टराई ,निर्मला राय प्रेमा अधिकारि लगायतले  महत्वपूर्ण भूमिका खेलेकोमा जन सम्पर्क समिती इजरायलले सम्पुर्णमा आभार प्रकट समेत गरेको छ ।
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ five = two