दुखी पीडितको सहयोगार्थ झापालि समाज इजरायलको शुभकामना आदान प्रदान साथै दुइदिने भ्रमण सम्पन्न |

इजरायल बिसेष

तिनजुरे अनलाइन  !

बडा दशैं तथा शुभ-दिपावली २०७८ को सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थको लागी झापालि समाज इजरायलले इलाद शहर साथै मृत सागर भ्रमण सम्पन्न गरेको छ ।

परदेशि भुमिमा रहेर पनि आफ्ना मौलिक संस्कार संस्कृति चाड पर्बको जगेर्ना गरौं परदेशभुमिमै भएपनि रमौ रमाऔ दुखी पीडितको सेवा गरौं भन्ने उदेश्यले आयोजना गरेको उक्त भ्रमण कार्यक्रम १५ अक्टुबर सुक्रबार साझ ६ बजे तेलअभिबको लेभेन्सकी र्पाक देखी बसको यात्रा सुरु भई रात्रिकालीन समयमा मृत सागरमा पौडी संगै BBQ,को साथमा सांगीतिक मनोरञ्जन कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रम उक्त कार्यक्रममा झापाली समाज इजरायलका पूर्व अध्यक्ष सन्दीप भण्डारी तथा वर्तमान अध्यक्ष माला योञ्जन तामांङ्ले पानसमा बत्ती बाली टिका लगाउने कार्यक्रमको उद्नघाट गर्नुभएको थियो, भ्रमणमा सहभागी सम्पूर्ण महानुभावहरुलाई पूर्व अध्यक्ष सन्दीप भण्डारी तथा वर्तमान अध्यक्ष माला योञ्जन तामांङ द्वारा दशैको टीका लगाई दिनु भएको थियो !

अक्टोबर १६ शनिबार रातिको ३ बजे भ्रमणयात्रा Underwater observatory park Dolphine dive , Parasailing को साथमा मनमोहक दृश्यावलोकन मनोरञ्जन साथका साथ उक्त कार्यक्रम सफल भएको थियो !उक्त भ्रमणमा सहभागी भई कार्यक्रम सफल बनाउन सस्थालाई विभिन्न क्षेत्र बाट आर्थिक, भौतिक, रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा आभार प्रकट गरेको झापाली समाज इजरायलकी अध्यक्ष माला योन्जन तामाङले फेसबुकमा लेखेकी छन् ।

अध्यक्ष माला योन्जन तामाङद्वारा लिखित

नमस्कार ! झापाली अभिबादन!! ल्हास्सो फ्याफुल्ला!!!
नेपालीहरुको बडा दशै २०७८ सालको बिजय दशमी तथा महोनी नख: को पावन अबसरमा इजरायलमा कार्यरत दाजुभाइ तथा दिदिबहिनीहरुसग सधैं को जस्तै मित्रता सद्भाव र एकता सदा बनिरहोस भनी शुभकामना आदनप्रदान र रमाइलो मनोरञ्जन ऐतिहासिक भ्रमण झापाली समाज इजरायलले गत हप्ता 15/16 तारीख ( शुक्रबार / सनिवार ) मृत सागर र एलात शहरको दुईदिने क्यान्पिङ भ्रमण आयोजना सम्पन्न गरेको छ। उक्त भ्रमणमा सहभागी भैई सस्थालाई विभिन्न तरह बाट आर्थिक, भौतिक, नैतिक र जिन्सी सामृक दिएर अहोरत्र रूपमा खटिनु भैई सहयोग पुर्याउनु हुने। सम्पुर्ण सहयोगि मनका धनी माहानुभाव तपाई हाम्रो शुभचिन्तक मित्र साथी, दाजुभाइ तथा दिदिबहिनी हरुलाई अन्तर हिर्दय देखि नै नमन को साथ मुरि मुरि धन्यवाद कृतज्ञता आभार प्रकट गर्दछु। यस दुईदिने भ्रमणमा केही कमि नहोस भन्ने हामी आयोजकको ठुलो प्रयास हुदा हुँदै र भन्दै र गर्दै जादा केही कमि कमजोरी हुन पुगेमा या कसैलाई केही समस्या अथवा असर परेमा यहाँहरु प्रती अन्तर हिर्दय देखि नै क्षमा याचना चाहान्छु। यहाँहरुको सहभागीता र साथ सहयोगले नै झापाली समाज इजरायलले धेरै परोपकारी कार्य गर्न सफल भएको यहाँहरुलाई अबगत नै छ।
यस ऐतिहासिक भ्रमणको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष भौतिक रुपमा सहयोग गर्नु हुने जति पनि सुभ चिन्तक मित्र साथी दिदिबहिनी तथा दाजुभाइहरु धेरै हुनुहुन्छ। सबैको नाम लिन सकिन यहाँहरुलाई सम्मान सहित सम्झेको छु ।आर्थिक र जिन्सी सहयोग गर्नु हुने सहयोगी मित्रहरुको नामवली यसप्रकार रहेको छ।
1; पबित्रा बजगाई, सहयोगी साथि हस्त मिलन मगर, ममता गुरुङ, सेलरोटी सहयोग,
2; सबिता पुरी, 19 किलो पखेटा सहयोग,
3; डाेल्मा शेर्पा, जेरि ( जुलाबी )सहयोग ,
4; रोमा शर्मा, 5 किलो पाङारा पकाउन सहयोग,
5; साबु भट्टराई , सलाद बनाउन सहयोग,
6; मिना गुरुङ, कागती को रस बनाएर सहयोग,
7; देवि खरेल, सस्थालाई 100/- सेकेल सहयोग,
8; डाेल्मा श्रेष्ठ , 15 किलो पखेटा मोलेर सहयोग,
9; बिष्णु खरेल,भाइ बाट भौतिक सहयोग,
10, क्यामारा मेन भाई,
11; अनलाइन मिडिया सम्पादक देव बास्कोटाज्यु,
यस्तै गरि भौतिक रूपमा धेरै जनाबाट सहयोग हामीलाई भएको छ। विशेष गरि यस ऐतिहासिक भ्रमण संयोजक समाजको महासचिव – सुन्दर नेपालज्यु, र उपसंयोजक- महिला बिभाग प्रमुख- रमा बुढाथोकीज्यु, संरक्षक – सन्दीप भण्डारीज्यु, उपाध्यक्ष बिष्णु उप्रेतीज्यु, उपाध्यक्ष- देवि खरेलज्यु,सचीव – पबित्रा बजगाईज्यु, सचीव राजेन्द्र उप्रेतीज्यु, कोषअध्यक्ष – पबित्रा चापागाईज्यु, सहकोषध्यक्ष – दुर्गा चापागाईज्यु, सक्रिय सदस्य- गोपाल घिमिरेज्यु, मनोज गोलेज्यु, कुसल शर्माज्यु, मिना सरौलाज्यु, प्रज्ञा कार्किज्यु, सल्लाहकार – साबु भट्टराईज्यु,लगायत सम्पुर्ण कार्यसमितिहरुमा अनबरत साथ सहयोग गरि भ्रमणलाई
आर्थिक भौतिक र नैतिक सहयोग गरि हाम्रो भ्रमण सहजता र भब्य र सब्यताको साथ सफल बनाईदिनु भएकोमा, मेरो ब्यक्तिगत तर्फबाट र झापाली समाज इजरायलको तर्फबाट अनगिन्ती हार्दिक सम्मान नमनको साथ धन्यवाद कृतज्ञता आभार व्यक्त गर्दै,
यसरी नै सधै यहाँहरुको साथ सहयोग सल्लाह सुझाव समाजले पाईरहन सकोस। भनी आशा अपेक्षाको साथ शुभेच्छा गर्दछु।

झापाली समाज इजरायल
अध्यक्ष – माला योन्जन तामाङ
नोट: सबैले खुलेर कमि कमजोरी र राम्रो जे देख्नु भयो कमिन्त गरिदिनु सक्नु हुनेछ । आउदा दिनमा हामिलाई तपाईहरुको सल्लाह सुझाव को रूपमा सुधारेर जाने छौ। र बाकी फोटोहरु समाजको वाल बाट आउनेछ।
धन्यवाद

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten × one =