गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना साथै बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाल आइडल नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ सम्पन्न| {भिडियो सहित }

इजरायल बिसेष

तिनजुरे अनलाइन इजरायल /

गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना , नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा साथै   इजरायलमा स्थापित बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाली नयाँ बर्ष २०७५ साँस्कृतिक साँझ गत शुक्रबार तेलअभिवस्थित युनिभर्सिटि हलमा सम्पन्न भएको छ | 

औपचारिक कार्यक्रम एनआरएन इजरायलका  महासचिव तेन्जिङ शेर्पा र सचिव निरु गुरुङले  संचालन गरेका थिए भने इजरायलका लागी नेपाली राजदूत निरन्जन थापा प्रमुख अतिथी, एनआरएन इजरायलका पूर्व अध्यक्ष दिपक ओली, वर्तमान अध्यक्ष छिरिंग शेर्पा  र नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्ष नयन प्रसाद लिम्बुले दिप जलाई कार्यक्रमको उद्घाटन गरेका थिए।

 

इजरायलमा क्रियाशिल २७ वटा विभिन्न संघ-संस्थाहरु सह- आयोजक रहेका कार्यक्रममा उक्त संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो।वाक्लो दर्शकको उपस्थिती रहेको कार्यक्रम एकदमै रमाईलो र भब्य भएको प्रतिक्रिया उपस्थित दर्शकहरूले दिएका थिए।

कार्यक्रमका सभापतित्व एनआरएन इजरायलका अधक्ष्य छिरीङ लामा शेर्पाले गरेका थिए भने नेपाल आइडलका संचालक शुसिल नेपालले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा नेपाल आइडलका विजेताहरु बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका को साथमा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो।

 

कार्यक्रममा उत्साहपूर्वक उपस्थित भइदिएकोमा र प्रत्यक्ष-अप्रत्यक्ष साथ,सहयोग गर्ने सवैप्रति   एनआरएन इजरायलकी प्रवक्ता डोमा शेर्पा (स्मिका)ले  धन्यवाद समेत दीएकी छन् |भिडीयो सहित

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× seven = fifty six