इजरायलमा रहेका कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम सम्पन्न

इजरायल बिसेष

तीनजुरे अनलाइन |

इजरायलमा कार्यरत स्थानिय कलाकारहरुद्वारा नेपाली चाडपर्वको शुभकामना आदान प्रदान संगै कलाकार कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम सम्पन्न गरेका छन ।

इजरायलमा रहेर कामले थाकेको मन र गलेको शरिरलाई मनोरञ्जनको माध्यमवाट भए पनि थोरै राहत पुर्याउ , आराम गराउ भन्ने उदेश्यले बनेको साङितिक समूह “JUST A JAM” ले गीतसंगीतसंग सम्बन्धित सबै कलाकारहरुलाई एकै ठाउ भेला गरि चिनजान तथा एक अर्कामा सम्मान तथा शुभकामना आदान प्रदानको कार्यक्रम सम्पन्न भयको हो |

अक्टोबर २९ तारिख बेलुका ८ बजे शुक्रबार इजरायलको तेलअबिब सहरको लेबिन्स्की ९९ को ८ तल्लामा कार्यक्रम ” म भित्र म ” को आयोजना
युग यमन, प्रयाग तामाङ, वाङ्दी पार्ख्रीन ,निखिल गुरुङ , प्रनेश पाख्रीन , प्रनय गुरुङ र राज लिम्बु सदस्य रहेको JUST A JAM समुहको उदेश्य प्रवासमा रहि कर्म गर्नुहुने नेपाली तथा नेपालीभाषीहरुको दुख , पिडा र लगातार घर भित्रको कामले गलेको शरीर र थाकेको मनलाई गीत संगीत मार्फत राहत पुर्याउने र मानसिक तनावका कारण कुनै पनि अप्रीय घटनाहरु घट्न नपरोस भनी साथीको भुमिका खेल्ने , नेपाली र नेपालीभाषी बिच प्रगाढ सम्बन्ध बनाउने , र निकट भविष्यमा नै सामाजिक , परोपकारी कार्यमा समेत अघि बढ्ने रहेका छन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलका अध्यक्ष तथा पुर्वाध्यक्ष क्रमश अनिल सिंह राजपुत , कादम्बरी श्रेष्ठ साथै श्री सत्य साई सेन्टरकि सञ्चालिका नेहा गुरुङ र इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहान हाम्रो पेज डट कम का संचालक  पुस्प श्रेष्ठ   अतिथिमा थिए भने स्वस्तिका श्रेष्ठ ,प्रबिन दाहाल , कुमार पौड्याल , कादम्बरी श्रेष्ठ , कुमार लिम्बू , रोशन राई, लक्ष्मी गड्तौला बास्कोटा , रञ्जन तिवारीको प्रस्तुती रहेको थियो र अन्त्यमा जस्ट अ जाम समुहको प्रस्तुतिमा प्रनेश पाख्रीन र वाङ्दी पाख्रीनको प्रस्तुति रहेको थियो।

प्रवासी अग्रज स्रष्टाको सम्मान र उहाँहरुले दिनु भएको योगदानको कदरार्थ गरिएको कार्यक्रमलाई जामकै सदस्य राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

79 + = eighty three