बडा दशैको अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा शुभकामना आदान प्रदान साथै नृत्य प्रतियोगिताको आयोजना ।

इजरायल बिसेष

तीनजुरे अनलाइन /

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा  द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला  नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ  ।

कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्बको पावन अवसरमा दशै भोज, BBQ तथा खानाका विभिन्न परिकारहरु, विभिन्न किसिमका पेय पदार्थहरुको साथमा टीका जमरा सहितको कार्यक्रम यहि अक्टोबर ११ तारिख शुक्रबार साँझ इजरायलको  यार्कोन पार्कमा मनाउने भएको छ ।

कार्यक्रम लाइ सास्कृतिक बनाउन नृत्य प्रतियोगिता समेत राखीएको छ जसमा कार्यक्रम हुने मितिको १ महिना अगाडीनै निश्चित ठाउमा  कलाकार ले आफ्नो नृत्य प्रस्तुत गर्नु पर्ने छ जसको लागि आयोजक संस्थाले चाडै नै सूचना निकाल्ने छ भने उक्त नृत्यको भिडियो खिची बरिस्ठ जज  सामु नेपाल पठाइने र जजबाट नै  निर्णय आए संगै कार्यक्रम हुने अक्टुबर ११मा कलाकारले पुन उक्त नृत्य प्रस्तुत गर्नु पर्ने र त्यही दिन रिजल्ट सुनाइने कुराको जानकारी अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाकि अध्यक्ष कादम्बरी दाना श्रेष्ठले तीनजुरे अनलाइन लाइ जानकारी दिनु भयो ।

कार्यक्रममा प्रथम हुनेलेअवार्ड, प्रमाण पत्र सहित ने रु: २१,००० (एक्काईस हजार रुपैयाँ ) प्राप्त गर्नेछन् भने दित्तिय र तृतीय बिजेतालाई पुरस्कार सहित प्रमाण पत्रले सम्मान  साथै नृत्य प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रशंसा पत्र द्धारा सम्मान गरिने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी महासचिव युनिका गुरुङले जानकारी दिनु भयो !

सहभागी हुन निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ ।

कादम्बरी दाना श्रेष्ठ : 0549405431
अनिल सिंह राजपुत : 0587216777
कुमार आङ्देम्बे अबि : 0543462324
पदमा गुरुङ : 0543601160
राज लिम्बू : 0545246860
सारा लामा : 0549756381
युनिका गुरुङ : 0586919576
सुर्य राना : 0532358829

इजरायलमा कार्यरत  कलाकार ,पत्रकार विभिन्न संघ संस्थाका व्यक्तित्व दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइ, कार्यक्रमको शोभा बढाइ दिन समेत आयोजक संस्थाले अनुरोध गरेको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = eighty