किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम( न्वांगी पुजा) मनाउने!

समाचार

तिनजुरे अनलाइन !

भाषा कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम अर्थात्( न्वांगी पुजा)  बिगतका बर्ष हरुमा झै   कार्यक्रम  गरि मनाउने भएको छ !

आउदो  डीसेम्बर १७ तारिख शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित  यादखरुचिम १५ मा  किरात याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक तङनाम( न्वांगी पुजा)बिधिवत रुपमा मनाउने  सुचना मार्फत जानकारी गराएको छ !

महत्व :

विशेषगरी पुर्वका विभिन्न भेगमा वसोवास गर्ने लिम्वू, राई, सुनुवार र याक्खा जातिले मंसिर पुर्णिमा मा  नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ भने प्रवासमा भने कामको समय बिदा मिलाए मनाईने गरिन्छ ।

 प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन ।

केहि वर्षयता नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजुङ, पाँचथर, इलाम धनकुटा तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरीमा भव्यताका साथ मनाउने गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ इजरायद्वारा उक्त  कार्यक्रमको सुचना जस्ताको त्यस्तै .

सुचना तथा हार्दिक निमन्त्रणा ||

सेवाराे……🙏

किराँत याक्थुम चुम्लुङ इजरायल द्वारा गएकाे बर्षहरू झै यस बर्ष पनि आदिवासी  याक्थुङ ( लिम्बू ) नेपालीहरूकाे माैलिक महान राष्ट्रिय चार्ड चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ आगामी १७ डिसेम्बर २०२१ शुक्रबार साझ YAD KHARUCHIM EVE PARTY PLACE मा मनाउन गइरहेको हुँदा, यसै सुचना मार्फत इजरायलमा स्थापित सामाजिक,धार्मिक, संस्कृतिक,राजनितिक, संघ संस्था, संगठन, मिडियाकर्मि,बुद्धिजिबि,शुभेच्छुक, शुभचिन्तक, लगायत इजरायलबासी याक्थुङ ( लिम्बू ) तथा नेपाली दाजुभाइ दिदिबहिनीहरु सम्पूर्णमा जानकारी गराउदछाैं ।
प्रकृती पुजक याक्थुङ ( लिम्बू ) हरूले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) याक्थुङ ( लिम्बू ) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा पाइन्छ, यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म सह बसोस, खान पुगाेस, भणडारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस भनी  नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद, हैजा, नलागोस भनी घाम,जुन, धर्ती,आकाश,देवी,देउराली,खाेला नाला आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्व काल देखि नै चलि आएको छ ।
तसर्थ याक्थुङ ( लिम्बु ) हरूकाे  माैलिक संस्कार,संस्कृति,रीतिरिवाज, आदि बुझ्न र बुझाउन साथसाथै याक्थुङहरूकाे माैलिक नाच ( के लाङ ) धान नाच ( या:लाङ ) लगायत विभिन्न नेपाली सांगीतिक कार्यक्रमकाे मनाेरञ्जन र अन्तमा चर्चित नेपाली DJ बिपिन तामाङकाे साथमा रम्न रमाउन यहाँहरू सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक चुले निमन्त्रणा गर्दछाैं, नाेगेन/धन्यवाद ।

मिति : १७ डिसेम्बर २०२१ शुक्रबार
समय : ६:३० बजे साझ
स्थान : याद खरुचिम १५ ( EVE PARTY PLACE )

तुल्सा तुम्बाहाङ्फे
सचीव
किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार   ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty six − = twenty five