नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा इजरायलमा माघे सक्रान्ति पर्व २०७८ मनाइदै ।

इजरायल बिसेष

तीनजुरे अनलाइन |

नेपाल मगर संघ शाखा इजरायलले सदा झै नेपाली राष्ट्रिय पर्व माघे सक्रान्ति (माघ्या सकराटि) भब्य रुपले मनाउने भएको छ ।
आउँदो १४ जनवरी २०२२ शुक्रबार तेल अभिवको मातालोन ७५ मा माघ्या सकराटी साँस्कृतिक साँझ २०७८ कार्यक्रम स्थानीय कलाकारहरुको पहिचान झल्किने बेजोड प्रस्तुतीको साथमा मगर परिकारहरुको स्वादिष्ट भोजन सहित भब्य रुपमा मनाउन लागेको आयोजक द्वारा सुचित सुचनामा जानकारी गरिएको छ |

मगर समुदायको “भेषभुषा,भाषा,धर्म ,संस्कृतीको संरक्षण एवम बिश्व भरीका मगरहरुको एकता अहिलेको आवश्यकता “”भन्ने मुल नाराका साथ इ स २०१३ मा इजरायलमा स्थापना भएको कोहो | उक्त कार्यक्रममा इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीभाषी दाजुभाइ दिदिबैनी तथा इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्था प्रति उपस्थित हुनका लागी आयोजक सस्था द्वारा हार्दिक अनुरोध गरेको छ ।

माघे सक्रान्ति,

विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति हो ।

हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।

नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।

थारुको माघी महान पर्व

थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।

माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ,’ दाङ क्षेत्रनम्बर एकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी भन्छन्, ‘मान्यजनहरूसँग आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नविकरण गर्ने दिन हो ।’

माघी मनाउन थारुहरु विदा लिएर टाढा-टाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने-खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि थारु समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामाग्रीहरुको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।

थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरुले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । हाल कमलरी र कमैया प्रथा हटिसके पनि जमिन्दारहरुको खेतबारी जोत्ने (अधिया लगाउने) काम भने कायमै छ र यसको निर्णय पनि माघ महिनामै गर्ने चलन कायमै छ ।

माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी-गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।

किराँतको नयाँ वर्ष ५०७८

माघे संक्रान्तिसँगै सोमबारबाट किराँत नयाँ वर्ष ५०७८ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले सोमबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाइरहेका छन् ।

किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।

माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तीलाई ककफेवा तङनाम भनिएको हो ।  अाजको दिन लिम्बूहरु परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टिका ग्रहण गर्ने परम्परा रहेको छ ।

पाँचथरको फिदिम, शिलौती, लब्रेकुटी, काबेलीसँगै ताप्लेजुङ,,तेह्रथुम र धनकुटा सहित विभिन्न स्थानमा किराँत नयाँ वर्षका अवसरमा लिम्बू समुदायले खुशी साटासाट गरिरहेका छन् ।

हिन्दूको साँस्कृतिक चाड

माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।

घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।

धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× five = forty