नेहा मन्जु फाउन्डेसनद्वारा मृगौला पीडित लाई ५५ हजार सहयोग !

समाचार

इजरायल !

समाजसेवी तथा नेहा मन्जु फाउण्डेसनकि अध्यक्ष नेहा मन्जु गुरुङद्वारा मृगौला पीडितलाइ ५५ हजार नेपाली रुपैयाँ सहयोग भएको छ !

धुनिबेसी धादिङमा बसोबास गर्दै आएका दुइ वटा नै मृगौला काम नलाग्ने भएको र आर्थिक अबस्था अतिनै दयनिय भएर मृगौला प्रत्यारोपण गर्न कठिनाइ भोगी रहेका राजकुमार बानियालाइ एक कार्यक्रमको आयोजना गरि साइ सेन्टर इजरायलका पुर्ब उपाध्यक्ष सुर्य सिम्खडा (साइराम)ले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।

नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको यो फाउन्डेसन चाडैं नै दर्ता हुने र धेरै भन्दा धेरै पीडितलाइ सहयोग पुर्याउने फाउन्डेसनकी अध्यक्ष गुरुङले जानकारी दीएकी छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ ten = 1