धार्मिक संस्थाहरुको संयुक्त आयोजनामा इजरायलमा श्रीकृष्ण जन्मअष्टमी मनाइने |

इजरायल बिसेष

तिनजुरे अनलाइन,

इजरायलमा श्रीकृष्ण जन्मअष्टमी मनाइने भव्यताका साथ मनाइने भएको छ ३ धार्मिक संस्थाहरु  “ॐ जन-जागरण नेपाल शाखा इजरायल”हिन्दू जागरण नेपाल अभियान इजरायल “ श्री कृष्ण प्रणामी ग़ैर आवासीय यूवा परिषद इजरायल द्वारा संयुक्त आयोजनामा  श्रीकृष्ण जन्मअष्टमी मनाउन लागिएको हो |

तेलअभिबको   यशोधा माला ४४ मा  सेप्टेम्बर ७ तारीख़ शुक्रवार साँझ हुने उक्त कार्यक्रम भगवान कृष्णको शुभ-जन्मोत्सवको अवसर पारेर  मनाईन लगिएको  आयोजक संस्थाहरुले जानकारी दीएका छन् उक्त कार्यक्रममा श्रीकृष्ण ब्रतकथा , भजनकृतन , राधाकृष्ण लिला  प्रसाद ग्रहण कार्यक्रम रहने छ |

आयोजक संस्थाहरुले  इजरायलमा रहेका सम्पुर्ण संघसंस्था,धार्मिक संस्था,भातृसंगठन , साहित्यिक ,सामाजीक ,जनजाति विभिन्न संघसंस्थाहरु तथा मिडिया कर्मि लगायत इजरायलवासि सम्पूर्ण दाजुभाई,दिदिबैनि हरुमा गरीमामय उपस्थित को लागि आमन्त्रण समेत गरेका छन् |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × = twenty eight