आन्द्रामा घाउ भएका महाप्रसादलाई प्रवासबाट सहयोग

समाचार

प्रकाश पाक्साँवा
तेह्रथुम २ मंसिर
उपचारमा समस्या भएका तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका २ साविक ओयाक्जुङ ५ का महाप्रसाद दुलालको आन्द्रामा घाउ भएपछी आर्थीक समस्याका कारण उपचारमा समस्या हुँदै आएको थियो । आर्थीक समस्या कै कारण उपचारमा समस्या भएका दुलालको बारे समाचार प्रकाशन तथा प्रसारण भए सँगै प्रवासमा रहेका युवाहरुबाट सहयोग संकलन गरिएको रकम शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

पीडितका बुवा लेख प्रसाद दुलाललाई म्याङलुङ नगरपालिकाको जिरीखिम्ती बजार स्थीत वृद्ध विश्राम तथा परोपकार केन्द्रमा संकलित १ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

फेदाप २ ओयाक्जुङ तेह्रथुम हाल इजरायलमा रहेका समाज सेवि देव बास्कोटा तथा फेदाप २ ओयाक्जुङ हाल मलेसियामा रहेका धन प्रसाद पौडेल दुइ जनाको सहयोग तथा संयोजन साथै अभियान मार्फत संकलन भएको १ लाख ४५”हजार रुपैया हस्तान्तरण कार्यक्रम…
सहयोगी दाताहरुमा
१ देव बास्कोटा १०,०८४/
२.पदमलाल पौडेल ७,८००/
३.सुरेस सुब्बा २,०२०/
४.सुबास गिरि ३,५००/
५.रन्जित लिम्बू ८,३४०/
६.रितु पुरि ३,५००/
७.करण कार्की ५,०००/
८.खड्ग ब.कार्की परिवार १०,०००/
९.सन्जय लिम्बू २,८००/
१०. कृष्ण ढकाल ५,०००/
११. रोहित कार्कीको पहलमा ४,०००/
१२.,सुमन बुडाथोकी पिप्ले १,४००/

(१३.दुर्गा ब कार्की ४,२९०
बिरेन्द्र लिम्बू प्रजाङ्ग ४,३१८/
रेसम मिरार चितवन ५८८/
विशाल भुजेल कास्की ८४०/
टेक ब.साउथ डडेलधुरा ३०८/
सहित ५ जनाको अभियान मार्फत जम्मा मलेसिया देखी ६३,१०० नेपाली !)
१४.बिस्नु कार्की को पहलमा मलेसिया देखी १८,२५६/

(गरि जम्मा १ लाख ४५ हजार रुपैयाँ ) संकलन गरिएको सम्योजक तथा सहयोगि देव बास्कोटा द्वारा जानकारी )
पिडीत परिवारलाई म्याङलुङ नगरपालिकाका नगरप्रमुख सन्जय तुम्बाहाम्फेले हस्तान्तरण गर्दै सहयोगी दाताहरु प्रति सम्मान व्यक्त गर्नु भयो ।

४० बर्षका दुलाल उपचारको क्रममा अहिले बिराटनगर स्थीत नोवेल अस्पतालमा उपचारत छन । प्रवासबाट सहयोग प्राप्त सँगै पीडित बिरामीलाई राहात मिलेको उनका बुवा लेख प्रसाद दुलाले बताउनु भयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम जिरिखिम्ती वृद्ध विश्राम तथा परोकार केन्द्रको आयोजनामा गरिएको थियो । प्रवासमा रहेका युवाहरुले दुर्गम गाउँमा रहेका आर्थीक अभावका बिरामी तथा पीडितहरुलाई सेवा गर्नुले समाजमा सहयोगी भावनाको विकास हुँदै गएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = twenty four