शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसार मनाउने !

समाचार

तिनजुरे अनलाइन !
शेर्पा संघ इजरायलले बौद्द धर्मावलम्बीहरुको महान राष्ट्रीय पर्व “२१४९ औं छयु फो ताग ल्हो(जल पुरुष बाघ वर्ग) ग्याल्पो ल्होसार साँझ “साथै शुभ-कामना आदान-प्रदान कार्यक्रम मनाउने भएको छ !

आउदो मार्च ११ तारिख तेल-अभिव शहरको यादखारुचिम-१५,इभ हल मा साँझ ७:०० बजे हुने सुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गराउन इजरायलमा अवस्थित सम्पूर्ण जातीयधार्मिक,सामाजिक,राजनैतिक संघसंस्थाहरु,मिडियाकर्मीहरु, शेर्पाहरु तथा गैर शेर्पा नेपाली दाजु-भाई तथा दिदिबहिनीहरुलाई हार्दिक निमन्त्रणा साथै गरिमामय सहभागिताको लागी शेर्पा संघ इजरायलले हार्दिक अनुरोध समेत गरेको छ !

“विश्व भरी छरिएर रहेका सम्पूर्ण शेर्पाहरुको एकता, कला,भाषा तथा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता” भन्ने मूल नाराको साथ इ. स. २०१०मा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =