नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशन हुने|

इजरायल बिसेष राजनीति

तीनजुरे अनलाइन ।
नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस  अधिवेशन  सन् २०२१ को नोभेम्बर १९ तारिख शुक्रबारका दिन आदिवासी जनजाति महासंघको कार्य कक्ष सम्पन्न हुने भएको छ ।

नेपाली तामाङ समुदायको राष्ट्रिय जातीय भाषा, भेषभुषा,धर्म,कला, रितिरिवाज,लिपि,मौलिक, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने गराउने मुख्य लक्ष्य का साथ, इ स २०१४ मा स्थापना भएको नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशन सम्पूर्ण तयारी पूर्ण भएको महासचिव
शम्भु घिसिङ तामाङ(निङमा) ले जानकारी दीएका छन् ।

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!🌸
🌷ह्यार्नुदन म्होइजेन डोन फुल्जी 🌸
🌺 ल्हास्सो फ्याफुल्ला 🙏
नेपालका विभिन्न जिल्लाबाट मध्यपुर्वी राष्ट्र इजरायलमा रोजगारीको सिलसिलामा आउनु भएका तामाङ नाना-आङा, ज्योज्यो-आलेहरुले विभिन्न समयमा आफ्नो
नेपाली तामाङ समुदायको राष्ट्रिय जातीय भाषा, भेषभुषा,धर्म,कला, रितिरिवाज,लिपि,मौलिक, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने/ गराउने मुख्य लक्ष्य/उद्देश्यका साथ,स्थापना भएको तामाङ संघसंस्थाहरु भएतापनि अन्तमा तामाङ समुदायको हक र अधिकार प्राप्तिको लागि बुलन्द अवाज उठाउदै सबै संस्थाहरु एकता बनाउदै नेपाल तामाङ घेदुङ, इजरायलको नामकरण गरि संस्था खडा गरिराख्नुहुने संस्थापक महानुभव ज्युहरुमा हार्दिक नमन गर्दै सोही लक्ष्यहरु पूरा गर्न लागि परि आइरहेको सबैमा सर्वविदितै छ ।
यसै क्रममा हरेक वर्षहरूमा झै यस वर्ष पनि संस्थाका विधान अनुरुप ऐतिहासिक सातौं वार्षिकोत्सब,एकता दिवस तथा अधिवेशन प्रत्यक्ष कार्यक्रमको आयोजना गर्न गइरहेको यहाँहरु समक्ष विशेष जानकारी गराउदै,
हाम्रो गौरवमय संस्था नेपाल तामाङ घेदुङ, इजरायलको नव कार्यसमितिको लागि इजरायलमा रहनुहुने सम्पुर्ण तामाङ ज्योज्यो-आले,नाना-आङाहरु सदस्यता लिनुभइ तामाङ समुदायको पहिचानलाई संरक्षण र सम्बर्द्धन गराउन साथ दिनुहुन अपिल गर्दै, कार्यक्रम सब्य र भव्य रुपमा सफल पारिदिनुहुन इजरायलमा आबद्ध विभिन्न राजनीतिक,धार्मिक,समाजिक संघसंस्थाहरुका अध्यक्ष ज्युहरु,एवं पदाधिकारी ज्युहरु,मिडिया कर्मिज्युहरु,लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको निमित्त हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछौं ।
निर्वाचन समिति
संयोजक
माया मोक्तान तामाङ(दिप्मा)
सम्पर्क नं.0544364522
कार्यक्रम हुने स्थान:-
नेफिन इजरायलको कार्यलाय
Menashe Ben Yisrael Street-7,Tel Aviv Israel.
मिति:- १९ नोभेम्बर २०२१ शुक्रबार
साँझ ७:०० बजे ।
*** थुजेछे ***
शम्भु घिसिङ तामाङ(निङमा)
महासचिव / तथा
नेपाल तामाङ घेदुङ,इजरायल(परिवार)।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty five + = 64