इजरायलमा  उभौली साकेला सिली साङ्गितिक कार्यक्रम भब्य रुपमा सम्पन्न !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
इजरायलमा गत  मे १८ तारिख  साझ  उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२  भब्य रुपमा सम्पन्न भएको छ  !

इजरायलको तेल अबिब शहरको   यादखरुचिम १५ इभ  हलमा प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका कार्यबाहक राजदुत अर्जुन घिमिरेको प्रमुख आतिथ्यता किराँत राई  यायोख्खा  इजरायलकी अध्यक्ष ठुली चन्द्रकला राईको सभापतित्वमा त्यस्तै विशेष अतिथि एन आर एन ए इजरायलका अध्यक्ष गणेश गिरि , नेफिन इजरायलकी अध्यक्ष मिङमार शेर्पा, साथै इजरायलमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि रहेका थिए !

किराँत राई  यायोख्खा  इजरायलका महासचिव उपेन्द्र राइले संचालन गरेको अनौपचारिक कार्यक्रममा प्रमुख अतिथि बिसेस अतिथि लगायतले सुभकामना मन्तव्य राखेका थिए भने सल्लाहकार दिपकुमार राइले उपस्थित सबैलाइ स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए !

कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक  रुपकुमार राइ तथा गायिका कला देबी राई लगायतले कार्यक्रममा साङ्गितिक मनोरञ्जन दीलाएका थिए !

किराँत राई  यायोख्खा  इजरायलको आयोजनामा उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२ विशेष अबसरमा संरक्षक कुमार राइ, अध्यक्ष ठुली चन्द्रकला राई , आमन्त्रित कलाकार लाइ सम्मान पत्रले सम्मान गरिएको थियो !

भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले इ. स. २०१२ मा इजरायलमा  स्थापना भएको   किराँत राई  यायोख्खा  इजरायलले कला संस्कृतिको सङै नेपालमा भई परि आउने समस्यालाई सहयोग समेत गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 6