अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा उपाध्यक्ष स्वर्गीय साबित्री सुनुवारको स्मृतिमा श्रद्धाञ्जली शोकसभा गर्ने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

नेपालीहरुको महान चाड बडा दशैँको खुशियाली बीच इजरायलमा कार्यरत नेपालीहरु एउटा दु:खदले इजरायलबासी नेपालीहरु पनि एक जना नेपाली चेलीको निधनले पिडामा परेका छन ।

वैदेशिक राेजगारकाे शिलशलामा लामाे समयदेखि इजरायलमा कार्यरत अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाकी उपाध्यक्ष
काठमाण्डौकि सावित्रा सुनवारको २०७९/६/२१ का दिन हृदयघातबाट मृत्यु भएसंगै मंचमा आबद्ध समिती सदस्य लगायत इजरायलबासि नेपालीहरु पिडामा रहेका छन ।

काठमाण्डौका स्थायीनिवासी रहेका स्व: सुनुवार विभिन्न संघ संस्थामा आवद्ध कला र प्रतिभाकी थिइन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च शाखा इजरायलकी उपाध्यक्षसमेत रहेकी सुनुवार एनआरएनए इजरायलकि निबर्तमान कार्यसमिति सदस्यसमेत रहेकी थिइनँ ।

अकस्मात कार्यसमितीकी उपाध्यक्ष सुनुवारको निधन भए सङै मंचले सुचना जारी गर्दै अक्टोबर १४ तारीख हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्बको पावन अवसरमा हायार्कोन पार्कमा शुभकामना आदानप्रदान तथा अनलाइन गजल प्रतियोगिताको कार्यक्रम नगर्ने सूचना गर्दै सोही दिन तेल अबिबको
गालित पार्क/ नोकिया पार्क तेल अविवमा साझ ७ बजे स्व. साबित्री सुनुवारको स्मृतिमा श्रद्धाञ्जली शोकसभा कार्यक्रम गरिन्ने र अनलाइन गजल प्रतियोगितालाई स्व. साबित्रा सुनुवार को सम्मानमा “स्व. साबित्रा सुनुवार स्मृति” अनलाइन गजल प्रतियोगिता” नाम दिएर बिजेता घोषणा गरिने अध्यक्ष युनिका गुरुङले जानकारी दीएकी छन !

उक्त श्रद्धाञ्जली शोकसभामा उपस्थित हुन सम्पुर्ण इजरायबासि नेपालीमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले अनुरोध गरेको छ ,

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine − forty =