किरात याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा पुनः नुमा काङभा लिम्बु चयन !

समाचार

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ, इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम शुक्रबार अप्रिल १४ तारिख सम्पन्न भएको छ !

तेलअभिबको लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु भएको उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रमले नुमा काङबा लिम्बु  लाई पुन: २ बर्से कार्यकालका लागी निर्विरोध अध्यक्षमा चयन गरेको छ !

सचिब तुल्सा तुम्बाहाङफेले संचालन गरेको उक्त अधिवेसनमा प्रमुख अतीथि आदिवासि जनजाती महासङ इजरायलकी अध्यक्ष नानीमाया योन्जन लगायत इजरायलमा विभिन्न उदेश्यले स्थापना भएका संघ संस्थाका अध्यक्ष प्रतिनिधि लगायत को उपस्तिथि रहेको थियो !

अध्यक्ष नुमाले आफ्नो दुई बर्से कार्यकाल पुरा गरे सङै संस्थाले फेरि दुइ साल २३/२५को लागी जिम्मेवारी दीएकोमा आफु सके सम्म किरात याक्थुङ चुम्लुङ इजरायललाई अघि बढाउन र भाषा संस्कृतिको जगेर्ना साथै सामाजिक कार्यमा निरन्तर अघि बढी रहने बताइन !

किरात याक्थुङ चुम्लुङ इजरायलको २३/२५ कार्यकालको लागी बनेको कार्य समितीमा अध्यक्ष – नुमा काङभा लिम्बु,त्यस्तै बरिष्ठ उपाध्यक्षमा- प्रबिन आङबुङ, उपाध्यक्षमा तुलसा तुम्बाहाङफे,उपाध्यक्ष – कमला कन्दङवा, महासचिव – इन्दु लावती, सचिव – साइना आङथुपो कोषाध्यक्ष – संगीता आङथुपो सह-कोषाध्यक्ष – सकुन राई लिम्बु ,सदस्य – दुर्गा मेन्याङ्बो , सदस्य – दिलु आङ्थुपो सदस्य – रोशनि कङ्दङवा, सदस्य – ससिकला काङ्भा, आस – कुमार लावती, ममता – चोङ्बाङ प्रमोद – आङ्बुङ लगायत चयन भएका छन् !

किरात याक्थुङ चुम्लुङ याक्थुङ (लिम्बु) समुदायकाे भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृति र परम्पराहरूलाई संरक्षण तथा सम्बर्द्वन गर्ने उदेश्यले दश बर्षअघि इजरायलमा स्थापना भएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ two = two