इजरायलमा मारिएका १० नेपालीको सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलद्वारा दीप प्रज्ज्वलन ! मृतक परिवार तथा घाइतेलाई सहयोग हस्तान्तरण गर्ने !

इजरायल बिसेष

तेल अविव – गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा नेपाल आदिवासी जनजाती महासंघ इजरायलले दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ !

तेल अभिब लेभनिन्की पार्कमा गत शुक्रबार ७बजे नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे अभिको सभापतित्वमा भएको
शोक सभा तथा दीप प्रज्ज्वलन कार्यक्रममा नेफिन इजरायलका सदस्य संस्थाका अध्यक्ष प्रतीनिधि साथै इजरायलमा रहेका विभिन्न संघ संस्थाका महानुभाब इजरायलमा कार्यरत धेरै नेपालीको सहभागिताका सहित विभिन्न संस्थाका अध्यक्ष तथा प्रतीनिधिहरुले मन्तव्य राखेका थिए !

सोही कार्यक्रम मार्फत कार्यक्रमका सभापति तथा नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे अबिले हमास समुहको आक्रमणमा परि ज्यान गुमाएका १० परिवारलाइ नेपाल आदिवासि जनजाती महासंघ इजरायलद्वारा जनहि बिस हजार साथै सोही घटनामा परी नेपालमा उपचार गराइ रहेका धन बहादुर चौधरीलाइ पचास हजार सहयोग चाडैं हस्तान्तरण गरिने जानकारी दीएका थिए !

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल आइपुगेका १० नेपाली विद्यार्थी हमासको आक्रमणमा मारिएका थिए।

मारिने नेपालीहरूमा धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी रहेका छन्।

आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।

बेपता भएका बिपिन जोशीको सम्बन्धमा पनि राजदूतावासले खोजीका लागी आफ्नो सक्दो पहल गरिरहेको बताइएको छ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ twelve =