एनआरएनए-एनसिसी इजरायलद्वारा तीज विशेष कार्यक्रमको आयोजना !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलद्वारा तीज बिसेस कार्यक्रमको आयोजना गरेको छ !

हरेक बर्ष नेपालबाट आमन्त्रित नेपाली कलाकार हरुको साथमा इजरायलमा कार्यरत नेपाली दिदि बहिनी हरुको साथमा बिसेस हलमा भब्य रुपमा मनाउदै आएको कार्यक्रम गतसाल देखी कोरोनाको कारण बाहिर पार्क एरिया तिर  विशेष कार्यक्रम गरि भब्य मनाउदै गरिएको उपाध्यक्ष सुनिता गुरुङले जानकारी दीएकी छन !

आउदो सेप्टेम्बर तिन तारिख साझ सात बजे इजरायलको यार्कोन पार्कमा निशुल्क दर तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो पछिल्लो समय इजरायलमा कोरोना संक्रिमतहरुको वढ्दो ग्राफ अनि यहुदीहरुको नयाँ बर्ष तथा विशेष धार्मिक पर्व रोस हा-सना पनि संगसंगै पर्ने भएकाले इजरायल सरकारले पुन: कडा लकडाउन गर्न सक्ने संभावनालाई मध्यजनर गर्दै  पूर्व घोषित १० सेप्टेम्वर शुक्रवारको कार्यक्रमलाई अघिल्लो हप्ता ३ सेप्टेम्वर शुक्रवारको दिन कार्यक्रम गर्ने
निर्णय गरिएको आयोजकले एक सुचना जारी गर्दै जानकारि गराएको छ !

कोरोना महामारीका कारण राष्ट्रिय कलाकारहरुको सहभागिता नभए पनि तीजको दर खादै स्थानीय कलाकारको साथमा विशेष सांगेतिक कार्यक्रम हुने भएकोले इजरायलमा रहेका सम्पूर्ण दिदिवहिनी तथा दाजुभाईहरु, क्रियाशिल सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु, मिडियाकर्मीहरु लगयत सम्पूर्णमा आयोजक एनआरएनए-एनसिसी इजरायले उपस्थिति संगै मनोरंजन लिन समेत जानकारि गराएको छ साथै उक्त कार्यक्रम स्थल सम्म पुग्न बसको समेत ब्यबस्था गरिएको आयोजक संस्थाले जानकारि गराको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ ten =