गायक पारस लामाको लेकाली डोल्मो बोलको गीत सार्बजनिक

गीत संगीत

तिनजुरे अनलाइन !
इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको लोक सेलो गीत “लेकाली डोल्मो” सार्बजनिक भएको छ !

लेकाली डोल्मो गीतमा गायक पारस घिसिङ तामाङ आवाज रहेको छ भने शब्द संगीत विश्व दोङ तामाङको रहेको छ तामाङ सेलो भाकामा रहेको गीतको छायांकन स्वयम्भु लगायत राजधानीका विभिन्न ठाँउमा गरिएको हो उक्त गीतमा विश्व स्याङबो तामाङ/एलिसा घिसिङ तामाङ लगायतले अभिनय गरेका छन भने डाईरेक्सन-प्रशान्त तामाङको रहेको छ !

गीत आफ्नै युट्युब च्यानल पारस घिसिङ तामाङ मार्फत सर्बजनिक भएको छ !

पछिल्लो समयमा इजरायलका मञ्चहरुमा नियमित रूपमा आफ्नो प्रस्तुति दिदै आएका लामा सामाजिक क्षेत्रमा पनि उत्तिकै कृयाशिल छन् ।

झापाली समाज इजरायलका सॉकृतिक विभाग प्रमुख नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सास्कृतिक बिभाग प्रमुखलगायत विभिन्न संघ संस्थामा आबद्ध रहि निरन्तर अघि बढी रहेका छन्!

वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेर आफ्नो पेशा, जागिर, समाजसेवा, पारिवारिक कर्तब्य अनि ब्यस्तताबीच पनि गायक पारस लामा इजरायलको नेपाली सांगीतिक क्षेत्रमा आफुलाई अब्बल सावित गरेका छन् ।

विभिन्न सामाजिक संस्थाबाट सम्मानित समेत हुदै आएका गायक तामाङको लेकाली डोल्मो पहिलो गीत भने होइन उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीतहरु सार्बजनिक गरि सकेका छन् !

गायक तामाङका सार्बजनिक गीतहरुमा सोल्टीनी मेरी,तमोर नदी,आफ्नै देशको माया,
कान्छी आइ लभ यु,वेशी झरौला, लगायत गीत सार्बजनिक भइ सकेको छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty six − = 77