प्रवासी नेपाली मञ्च इजरायलको सातौं स्थापना दिवस भव्यरुपमा सम्पन्न!

इजरायल बिसेष
  1. तिनजुरे अनलाइन !

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको ७औं स्थापना दिवस गत १२ मे २०२३ शुक्रबार  एक कार्यक्रमका साथ शुभकामना आदन प्रदान गरि भब्य  साथ सम्पन्न गरिएको हो ।

प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गिता सुबेदीको अध्यक्षता तथा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको विशेष अतिथिमा नेपाली राजदुतावासका सहचारी सन्जय कुमार शाह, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य कमरेड ज्योती शर्मा, मध्यपूर्व कमिटी सदस्य लक्ष्मीधर गौतम, एन आर एन ए (एन सि सि) इजरायलका अध्यक्ष गणेश गिरि, नेपाली जनसम्पर्क समिति इजरायलका सभापति दिपिका भुसाल, प्रवासी नेपाली एकता समाज (पानस) इजरायलका अध्यक्ष एनबी (अर्जुन बस्नेत) नेपाली राष्ट्रिय जागरण अभियान (नेराजअ) प्रतिनिधि सुन्दरसिङ तामाङ, यसैगरि विभिन्न सामाजिक धार्मिक, जातिय, क्षेत्रीय,संघ सस्थाका प्रतिनिधिहरु,पत्रकारहरू, प्रवासी नेपाली मञ्च इजरायलबाट अन्तर्राष्ट्रिय तथा मध्यपुर्वका विभिन्न बिभागका सदस्यहरु तथा प्रवासी नेपाली मञ्च इजरायलका भर्खरै सम्पन्न विशेष अधिबेशनबाट निर्वाचित सम्पुर्ण प्रतिनिधिहरु,शुवेच्छुक , शुभचिन्तकको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको उद्घाटन राजदूत श्री कान्ता रिजालले क्यान्डिल बालेर गर्नुभएको थियो भने कार्यक्रममा उपस्थितलाई प्रवासी नेपाली मञ्च इजरायलका उपसचिव अलि मिया महमदले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मगर समाज इजरायलका अध्यक्ष सुर्य राना मगर, नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलका अध्यक्ष चिनु सुवेदी ,पानस इजरायलका अध्यक्ष अर्जुन बस्नेत, नेराजाअ इजरायलका प्रतिनिधि सुन्दार्सिङ तामाङ, नेपाली जनसम्पर्क समिती इजरायलका सभापति दिपिका भुसाल, एन आर एन ए (एन सि सि) इजरायलका अध्यक्ष गणेश गिरीले शुभकामना दिनु भएको थियो । यस्तै प्रमुख अतिथि नेपाली राजदुतावासका रिजालले गणतन्त्र,लोकतान्त्र र इजरायलमा रहेका श्रमजीवी कामदारको सम्पत्ति सुरक्षित गर्ने कुरालाई जोड दिदै ७औं स्थानपना दिपसको शुभकामना साथै भर्खरै सम्पन्न विशेष अधिबेशन बाट निर्वाचित अध्यक्ष सुबेदीको नेतृत्वमा बनेको नव निर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय कमिटीका सदस्य ज्योति शर्माले संगठनमा बिगत समय देखि केही साथीहरुले गर्नु भएको संगठनको हित विपरितका गतिविधि र अहिले सम्म भए गरिएका प्रयास र आगामी दिनहरूमा संगठनलाइ कसरी बलियो बनाउने र अनुसासित भई काम गर्ने उत्साह हौसला दिदै ७औं स्थापना दिबसको शुभकामना साथै निर्वाचित कार्यसमिति लाई बधाई शुभकामना आफ्नो मन्तव्यको क्रममा राख्नु भएको थियो।

यस्तै कार्यक्रमको अन्त्यमा अध्यक्ष सुवेदीबाट प्रमुख अतिथि,विशेष अतिथिहरु,अथितिहरु साथै उपस्थितलाई धन्यवाद दिएर स्थापना दिबसको शुभकामना ब्यक्त गर्दै कार्यक्रम लाई समापन गर्नु भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − = sixteen