नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा ३०औं विश्व आदिवासी दिवस कार्यक्रम मनाईदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा ३०औं विश्व आदिवासी दिवस कार्यक्रम भब्य रुपमा मनाइने भएको छ !

आउदो अगस्ट १६ तारीख शुक्रबार फुटसल ग्राउन्ड लेभेन्स्की पार्क तेल अभिबमा साझ ६:३० बजे देखी उक्त कार्यक्रम मनाउन लागीएको बताईएको छ !

३०औं विश्व आदिवासी दिवसमा शेर्पा संघ, नेपाल तामाङ घेदुङ संघ, किरात राई यायोख्खा नेपाल–इजरायल, तमु समाज इजरायल, किरात याक्थुङ चुम्लुङ इजरायल, राष्ट्रिय नेवा:खल: इजरायल, नेपाल मगर संघ शाखा इजरायल, र ह्योल्मो समाज इजरायल लगायतका जातीय संस्थाका मौलिक पहिचान झल्किने झाँकी ,राष्ट्रिय सामुदायिक खानाको परिकार सहित कार्यक्रमलाइ भब्य रुपमा मनाउन लागीएको नेपाल आदिवासि जनजाती महासङ इजरायलका अध्यक्ष मनु श्रेष्ठले जानकारी दीएकी छन  !

संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर ” भन्ने मुल नाराका साथ नेपाली राजदुतावास इजरायलको प्रमुख आतिथ्यमा ३०औं विश्व आदिवासी दिवस कार्यक्रम मनाउन लागिएको हो ।

कार्यक्रम लाई सफल बनाउन इजरायलमा स्थापित जातिय, धार्मिक, सामाजिक, राजनैतिक ,साहित्यिक संघ ,संस्थाहरु,सञ्चारकर्मीज्यूहरु, बुद्धिजीवी महानुभावज्युहरु लगायत विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा सहभागिताको लागि नेपाल आदिवासी जनजाती महासंघ इजरायलले सूचना जारी गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =