सहृदयता अन्तरराष्ट्रिय इजरायलकाे दाेस्राे अधिवेशन सम्पन्न अध्यक्षमा पबित्रा छेत्री बजगाई चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
सहृदयता अन्तरराष्ट्रिय इजरायल काे दाेस्राे अधिवेशन गत सनिवार सम्पन्न भएको उक्त अधिवेसन बाट अध्यक्षमा पबित्रा छेत्री बजगाई चयन भएकी छन !

शनिबार जुम भर्चुअल मार्फत निबर्तमान अध्यक्ष अर्जुन पाेख्रेलकाे अध्यक्षतामा तथा , प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका सहचारी संजय शाह
विशेष अतिथि NRNA Ncc का अध्यक्ष गणेश गिरी , नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष नानी माया याेन्जन तामाङ , सहृदयता अन्तरराष्ट्रिय केन्द्रीय अध्यक्ष वेदनिधि लुइँटेल ,अधिवेशन निर्वाचन समिति संयाेजक नवीन यात्री , साथै इजरायलमा विभिन्न उदेश्यले स्थापना भएका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो !

नव निर्वाचित कार्यसमितिमा संरक्षक- अर्जुन पाेख्रेल प्रेम अध्यक्ष- पवित्रा क्षेत्री वजगाँइ ,उपाध्यक्ष मेनुका लिङ्देन,महासचिव सन्ताेषी खड्का ,सचिव अनिष खतिवडा, काेषाध्यक्ष राजन कार्की उपकाेषाध्यक्ष इलित्रा क्षेत्रीपाख्रीन ,सदस्य भीम कुमारी मगर सदस्यहरु राधिका थकाली , सीता पाेख्रेल,सोमराज पाठक भोला पराजुली, सुवास थापा, डाेल्मा शेर्पा, गाेमा मगर, सावित्रा भट्टराई, कल्पना न्यौपाने , रिता कार्की, मुना शर्मा रहेका छन !

कार्यक्रममा नव निर्वाचित अध्यक्ष पवित्रा क्षेत्री वजगाँइले आफूलाई निर्विरोध अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराई दिनु भएकाेमा धन्यवाद दिदै सबै पदाधिकारी ज्युहरूलाई शुभकामना सन्देशसँगै अब सिङ्गो समिति एक भई हाम्रा उद्देश्य एवम् लक्ष्य प्राप्तिमा अघि बढ्ने कुरा व्यक्त गरेकी थिईन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty − = 75