शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं (ग्याल्पो लोसार साँझ २०७५) मनाइने |

इजरायल बिसेष

तिनजुरे अनलाइन, काठमाडौँ /

संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ  स्थापना भएको शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं ग्याल्पो लोसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ|

   यहि १५  मार्च  २०१९ शुक्रबारको साँझ तेल अभिवको याद खरुचिम १५   मा  नेपाल बाट आउनु हुने अतिथि कलाकार गोन्पो शेर्पा,  लगायत इजरायलका स्थानिय कलाकारहरुको साथमा बेजोड प्रस्तुति रहने आयोजक शेर्पा संघ  इजरायलले जानकारी दीएको छ |

बौद्द धर्मावलम्वीहरुको महान राष्ट्रिय  चाड २१४६ औं सा मो फाग-ल्हो ( सुंगुर बर्ग ) ग्याल्पो लोसार  शेर्पा संघ इजरायलले  स्थापना काल देखि नै हरेक बर्ष  मनाउदै आएको छ   अघिल्लो सूचनामा मार्च १६ तारिक शनिबार भनि प्रचार प्रसार गरिएता पनि लोसार प्रेमी दाजुभाई तथा दिदि बहिनीहरुको छुट्टीलाई मध्यनजर गर्दै  मार्च १५ तारीख शुक्रबार मनाइने निश्चित भएको कुरा शेर्पा संघ इजरायलका महासचिव मिङमार शेर्पाले तिनजुरे अनलाइन लाइ जानकारी दिनु भयो | 

 आयोजक संस्थाले   उक्त कार्यक्रम भब्यताका साथ सफल बनाउन  इजरायलवासी सम्पुर्ण शेर्पा दाजुभाई – दिदि बहिनी तथा सम्पुर्ण इजरायलमा कार्यरत नेपालीहरुमा  सम्पूर्ण उपस्थितीको लागी हार्दिक आमन्त्रण  समेत गरेको छ |

 

 

 

 

 

 

सुचना ! सुचना !! सुचना !!!

• लोसार कार्यक्रम को मिती शनिवार बाट शुक्रवार सारीएको छ ।

शेर्पा संघ इजरायलको आयोजकत्वमा बौद्द धर्मावलम्वीहरुको महान राष्ट्रीय चाड २१४६ औं सा मो फाग-ल्हो ( सुंगुर बर्ग ) ग्याल्पो लोसार साँझ कार्यक्रम लोसार प्रेमी दाजुभाई तथा दिदि बहिनीहरुको छुट्टीलाई मध्यनजर गर्दै हामीले यही मार्च १५ तारीख शुक्रबार को दिनमा तेल अभिव नजिकै रहेको ईभ पार्टी प्यालेस मा भव्यताका साथ सम्पन्न हुन गईरहेको हुदा इजरायलवासी सम्पुर्ण शेर्पा दाजुभाई – दिदि बहिनी तथा सम्पुर्ण इजरायलमा कार्यरत नेपालीहरुमा यो जानकारी सहित उपस्थितीको लागी हार्दिक आमन्त्रण गर्दछौ । थुचेछे

मिङमार शेर्पा
महासचिव तथा
शेर्पा संघ इजरायल ( परिवार)

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ five = one