नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ गोने ङ्ञा (ज्ञान दिवस) को अबशरमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे,

नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ समुदायको पौराणिक धार्मिक तथा सांस्कृतिक पर्व तामाङ गोने ङ्ञा (ज्ञान दिवस) को अवसरमा बृहत अन्तरक्रिया तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ !

नेपाल तामाङ घेदुङको संघीय पुर्व उपाध्यक्ष, लेखक, समाजशास्त्री, भाषा तथा संस्कृतिविद अजितमान तामाङको प्रमुख आतिथ्यमा आउदो १९ अगस्ट सोमबार इजरायलको समय दिउसो २ बजे जुम भर्चुअल मार्फत कार्यक्रम गर्न लागीएको महासचिव सुनिल रुम्बा तामाङले जानकारी दीएका छन् !

जुम भर्जुअलको माध्यम सु सम्पन्न हुने उक्त अन्तरकृया कार्यक्रम सफल बनाउन इजरायलमा बिभिन्न उदेश्यले स्थापना भएका सामाजिक, राजनितिक, धार्मिक, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत इजरायलमा विभिन्न पेशामा कार्यरत नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा उपस्थित भई Zoom id : 2458250050 Password : 2024 प्रयोग गरि सहभागी हुन सकिने बताईएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = twenty five