श्री सत्य साई बाबाको ९७ औ जन्म जयन्ती इजरायलमा भब्य रुपमा मनाईयो !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

सत्य साई बाबाको ९७ औ जन्म जयन्ती इजरायलमा भब्य रुपमा मनाइएको छ ! शुक्रबार तेलअभिबको हर्चीयोन ३५ मा साई बाबाको भजन ,प्रवचन, आरतीका साथ उपस्थित सबैले प्रसाद ग्रहण गरेका थिए !

सत्य साई बाबाको जन्म जयन्ती हरेक साल मनाउने गरेको श्री सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छन !

उक्त कार्यक्रममा नेपाली राजदूतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे, विभिन्न उदेश्यले इजरायलमा स्थापना भएका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि , साइबाबा प्रती बिश्वास राख्ने इजरायलि भक्तजन ,तथा नेपाली दाजु भाई दिदि बहिनी समेतको उपस्तिथि रहेको थियो !

साई बाबाको जन्म दिन नोवेम्बर २३ मा पर्ने भएता पनि परदेशमा रहेका साई भक्तजनहरुले समय अबस्था हेरि मनाउने गरेको अध्यक्ष गुरुङले जानकारी दीएकी छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =