प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेसन हुने |

इजरायल बिसेष राजनीति

तिनजुरे अनलाइन/

नेकपा प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशन जुलाई १३ तारिक हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको कम्युनिष्ट एकताले राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध नेपाल निर्माणको भूमिका निर्वाह गर्ने  विश्वास लिएको बताउदै मञ्चका अध्यक्ष तिर्थ गौतमले एक विज्ञप्ति मार्फत दोस्रो अधिवेशनबारे जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा बसेर आफ्नो राजनीतिक आस्था र विचारलाई निरन्तरता दिँदै नेपाली समाजको पहिचानमा सुख, दुःखका समस्या, श्रमिकहरुको हक अधिकारलाई आवाजमा बुलन्द गर्ने नेपाल कम्युनिष्ट पार्टीको आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुलाई एकताबद्ध संगठित हुन मञ्च इजरायले  हार्दिक अपिल समेत गरेको छ |

त्यस्तै कार्यक्रम हुने  स्थान र प्रमुख अतिथि केहिदिनमा प्रकाश पार्ने कुरा विज्ञप्तिमा जनाइएको  छ  भने नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मञ्चको सम्पर्कमा आएर संगठित भई संगठन विस्तारमा सहयोग गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty five ÷ thirteen =