किराँत याक्थुम चुम्लुङ इजरायलद्वारा चासोक तङनाम मनाईने !

इजरायल बिसेष

किराँत याक्थुम चुम्लुङ इजरायलले आदिवासी याक्थुङ (लिम्बू) नेपालीहरूको मौलिक महान चाड चासोक तङ्नाम (उधौलीरन्वागी पुजा) येले तङ्बे ५०८४मनाउने भएको छ । विगत बर्षमा झै यसबर्ष पनि कार्यक्रमको आयोजना गरिएको आयोजक किराँत याक्थुङ चुम्लुङ इजरायलले जनाएको छ ।

प्रकृती पुजक याक्थुङ (लिम्बू) हरूले चासाेक तङ्नाम (उधौली/न्वागी पुजा) याक्थुङ (लिम्बू) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा उल्लेख छ ।

यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म सह बसोस, खान पुगाेस, भणडारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस भनी नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद, हैजा, नलागोस भनी घाम,जुन, धर्ती,आकाश,देवी,देउराली,खाेला नाला आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्व काल देखि नै चलि आएको छ ।

तसर्थ याक्थुङ (लिम्बु) हरूकाे माैलिक संस्कार,संस्कृति,रीतिरिवाज, आदि बुझ्न र बुझाउन सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम२०२४ डिसेम्बर १३ तारीख शुक्रबारका दिन याद खरुचिम १५ पार्टी प्यालेसमा साझ ६:३० बजे हुने बताइएको छ । कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाईदिनुहुन आयोजनकले सबैमा अनुरोध गरेको छ ।

यस्तो छ जारी सूचना

 

हार्दिक निमन्त्रणा 🙏

सेवारो/नमस्कार l
किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा यहि आउदो डिसेम्बर १३/२०२४ शुक्रवार साझ तेलवीको यास खारुचिम १५ EVE हलमा आउदै गरेको हामी याक्थुङ लिम्वुहरुको मौलीक पर्व “चासोक तङनाम ५०८४ न्वागी पुजा उधौली २०८१” शुभकामना आदानप्रदान कार्यक्रम विधिगत रुपमा पुजा आराधना गरि या:लाङ माङलाङ साथै स्थानीय कलाकारहरुको बेजोड सांगीतिक कोसेलीहरुको साथमा धुमधाम सँग मनाउनु गइरहेको हुँदा, इजरायलवासी आनि याक्थुङ लिम्बू लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौ, नोगेन l

मिति : १३ डीसेम्बर २०२४ शुक्रबार
स्थान : Yad Harutsim st 15, EVE party palace Tel-Aviv
समय : ६:३० बजे साझ

किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार l

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =