धुर्मुस सुन्तलीले बनाउन लागेको क्रिकेट स्टेडियमलार्इ इजरायलमा कार्यरत नेपालीले  आर्थिक सहयोग गर्दै |

इजरायल बिसेष

तिनजुरे अनलाइन, इजरायल/ काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ देश विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

यसैबिच  रोजगारिका लागी र्इजरायलमा कार्यरत युवाहरूको सक्रियतामा स्थापित फुटवल कल्वले यसपालीको हरितालिका तिज २०७५ का आयोजना गर्ने र सो सांस्कृति कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर सेप्टेम्बर १४ तारिख शुक्रबार चर्चित कलाकाहरूको साथमा चेलीबेटीहरूलार्इ दर खुवाउदै तिज बिषेश सांगितीक साझको आयोजना गर्न लागेको पुरण लिम्बु र प्रकाश पिके ले जानकारी दिए ।कार्यक्रमका विषयमा केही दिनमा नै पत्रकार सम्मेलन गरेर जानकारी दिइने आयोजकले जनाएको छ ।हाम्रो पेजबाट

.

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty eight ÷ four =