नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा मदन तामाङ  नेगि चयन ।

इजरायल बिसेष

 काठमाडौं – नेपाल तामाङ घेदुङ इजरायलको  १४ औं बार्षिक उत्सव तथा १० औं अधिवेशन बाट मदन तामाङ नेगि चयन  भएका छन।

इजरायलको तेलअभिव स्थित  यसोदा माला ४४ तेल अभिवमा सम्पन्न १४औ  वार्षिक उत्सव तथा  अधिवेशनले   तामाङको   अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा कुमारी गल्देन तामाङ, उपाध्यक्षहरुमा रीता तामाङ, अशोक कुमार थोकर, सुनिल रुम्बा तामाङ , डोल्मा गोले तामाङ , सोनम लोप्चन तामाङ र महासचिवमा डिका माया तामाङ (रन्जना), उप–महासचिवमा सम्झना ब्लोन तामाङ , सचीवमा पाराश घिसिङ तामाङ, कोषाध्यक्षमा सुरेन्द्र कुमार योन्जन तामाङ, सह–कोषाध्यक्षमा राजन घिसिङ तामाङ र सदस्यहरुमा दिवस घिसिङ तामाङ, लीलवाती वाईबा तामाङ, श्यामलाल जिम्बा तामाङ, अनमोल घिसिङ तामाङ, कल्पना मोक्तान तामाङ , प्रतीक्षा बोम्जन तामाङ, जित बहादुर तामाङ, कोपिला बोम्जन तामाङ (माया), मनोज गोले तामाङ, रेणु तितुङ तामाङ , पुष्प मोक्तान तामाङ, निमा ब्लोन तामाङ, गणेश तामाङ, शंङ्खर ब्लोन तामाङ, कुमार घिसिङ तामाङ, प्रकाश दोङ तामाङ, माया योन्जन तामाङ र रुबिना घिसिङ तामाङ रहेका छन् ।

त्यसै गरी १० औं अधिवेशनबाट नवनिर्वाचित समितिले संस्थाका अग्रजहरुलाइ समेटेर ५ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरेको छ । सल्लाहाकार समितिको प्रमुखमा रोजी मोक्तान तामाङ र सल्लाहकारहरुमा सुमित्रा मोक्तान तामाङ, सुनिता मोक्तान तामाङ, एलिजा दोङ तामाङ, र सपना पाख्रीन तामाङलाइ रहेका छन् । नेपाल तामाङ घेदुङ इजरायलको विद्यानअनुसार यस १० औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको कार्यकाल आगामी एक वर्षसम्म कायम रहनेछ ।

“तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एकजुट होऔं” भन्ने मूल नारा सहित सम्पन्न साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष रोजि मोक्तानको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष मनु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा विभिन्न, जातिय, सामाजिक तथा राजनैतिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

नेपाल तामाङ घेदुङ इजरायलको १० औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष मदन तामाङ नेगीले आफूलाइ अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएकोमा सबैलाई धन्यवाद दिएको छ । आफ्नो नेतृत्वको नयाँ टिमले आगामी दिनमा संस्थाको हित र संरक्षणको लागि सक्रिय रुपमा काम गर्ने, सबै जातीय, सामाजिक, राजनैतिक संघ–संस्थाहरुसंग समन्वय र सहकार्य गरि अघि बढ्ने बताउनुभयो । साथै आफ्नो संस्थालाइ एक अब्बल र सक्रिय संस्थाको रुपमा स्थापित गर्न सधै लागि पर्ने पनि बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा आवद्ध विभिन्न आठ वटा जातिय संस्थाहरु मध्ये नेपाल तामाङ घेदुङ इजरायल एक अब्वल र सक्रिय संस्थाको रुपमा परिचित संस्था हो ।

नेपाल तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाकालदेखि आफ्नो समुदाय र सिङ्गो आदिवासी जनजाति समुदायको आर्थिक, सामाजजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्ति र सुनिश्चितताको लागि विभिन्न किसिमका आर्थिक, सामाजिक र रचनात्क कार्यक्रमहरुका साथमा पैरवी र बहस गर्दै आएको छ ।

इजरायललाइ आफ्नो कर्मभूमी बनाइ विभिन्न पेशामा रहेका तामाङ समुदायले विशेष गरि तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा स्थापना भएको हो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty four − forty four =