किरात याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा अधिवेशन हुने, गायक कुशल थलङ इजरायल आउदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना  भएको   किराँत याक्थुङ चुम्लुङ इजरायलको  छैटौँ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम तेलअबिबको एभरेष्ट डिस्को हलमा आउदो अप्रिल १३ तारिक शनिबार बिहान ९ बजे हुने भएको छ |

बिदेशकाे ठाउँमा रहेर पनि  भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलार्इ सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा अाफ्नाे समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलाई सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले २०१३, अप्रिल १३ तारिख स्थापना भएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले त्यश समय बाट नै आफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै आएकाे छ ।

 कार्यक्रमलाई सफल र मनोरञ्जनात्मक बनाउनको निमित्त नेपालबाट आमन्त्रित गायक कुशल थलङ लिम्बुको साथमा स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति समेत  रहने छ जानकारी आयोजकले गराएका छन् | 

उक्त कार्यक्रममा इजरायलबासी सम्पुर्ण नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनी, बुद्दिजिबी , मिडियाकर्मी साथै चुम्लुङ शुभचिन्तक सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि  किराँत याक्थुङ चुम्लुङ इजरायलले सम्पूर्ण नेपालीहरु प्रति अनुरोध समेत गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× eight = forty eight