तिनजुरे !
नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा २८६१ सोनाम ल्होछार इजरायलमा भब्य रुपमा मनाईने भएको छ !
आउदो फेब्रुअरी १४ तारीख २०२५ शुक्रबार साझ ७ बजे EVE हलमा सोनाम ल्होछार मनाउन लागीएको हो बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६१ डुल /सा-पुख्री ल्हो अर्थात (सर्प बर्ग) मनाउन लागिएको हो !
सोनाम ल्होछारको अवसरमा तामाङ “धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको” मुल उदेश्यले बौद्ध धर्म विधिवद्ध पुजापाठ का साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सोनाम ल्होछार सांगीतिक साँझ २०२५” मनाउन लागीएको महासचिव रन्जना तामाङले बताउनु भएको छ !
उक्त कार्यक्रममा भब्य रुपमा सफल बनाउन इजरायलमा क्रियासिल रूपमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ-संस्थाका अध्यक्ष तथा प्रतीनिधि हरु साथै सम्पुर्ण नेपालीमा नेपाल तामाङ धेदुङ, इजरायल परिवारले निमन्त्रणा गरेको छ !