ॐ जन जागरणको इजरायलको आयोजनामा श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन बिशेष कार्यक्रम हुँदै |

इजरायल बिसेष

“राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान ” मूल उदेश्यका साथ स्थापना भएको  ॐ जन जागरणको मूल आयोजनामा इजरायलको तेल अबिब  शहर  स्थित wolfsun स्टेटमा  फेब्रुवरी २२ तारीख शुक्रबार साँझ श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन बिशेष कार्यक्रम गर्ने भएको छ |

उक्त कार्यक्रममा श्री स्वस्थानी ब्रतकथा , भजनकृतन , शिव- पार्वती रामलिला मा हनुमान एवम भगवानको प्रसाद ग्रहण कार्यक्रम रहेको कुरा संस्थाकी अध्यक्ष गौरी माया सुबेदीले तिनजुरे अनलाइन् लाइ जानकारी दिनु भयो |

 सूचना जस्ताको त्यस्तै

🌹🌹श्री स्वस्थानी व्रत कथा कार्यक्रम🌹🌹

“राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान ”
सम्पुर्ण इजरायलमा रहनुहुने हिन्दुधर्मावलम्बी तथा गुरुजन, मान्यजन ,आदारणीय दाजुभाई ,दिदीबहिनिहरुमा ॐनमो नारायण !
यहि आउँदो फेब्रुवरी २२ तारीख शुक्रबार साँझ ॐ जन जागरणको मूल आयोजनामा तेलअभिबमा श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन बिशेष कार्यक्रम भजन गरी कार्यक्रम सव्य र भब्यरुपमा मनाईने गुरुजन सम्पुर्ण भक्तमहानुभावज्यूहरु साथै इजरायलमा रहनुहुने दाजुभाई , दिदीबहिनीहरुमा सहर्ष जानकारी गराउन चाहन्छौ !
यस कार्यक्रममा श्री स्वस्थानी ब्रतकथा , भजनकृतन , शिव- पार्वती रामलिला मा हनुमान एवम भगवानको प्रसाद ग्रहण कार्यक्रम रहेकोले सम्पुर्ण हिन्दुधर्वलम्बिज्यूहरु साथै धार्मिक मनहरु र इजरायलमा रहनुहुने भक्तविद महानुभावज्यूहरु, उपस्थित भै पुण्य अवसरको लाभ उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ ।साथै इजरायलमा रहेका सम्पुर्ण संघसंस्था,धार्मिक संस्था, भातृसंगठन , साहित्यिक ,सामाजीक ,जनजाति विभिन्न संघसंस्थाहरु तथा अनलाईन पत्रकार ,मिडिया कर्मि लगायत इजरायलवासि सम्पूर्ण दाजुभाई, दिदिबैनि हरुमा गरीमामय उपस्थितको लागी हार्दिक आमन्त्रण गर्दछौ !!
श्री स्वस्थानी वर्तकथा तथा फुलपाती विसर्जन बिशेष कार्यक्रम २०१९ को स्वस्थानी पुजा मूलआयोजक समिति
ॐ जन-जागरण इजरायल परिवार !!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =