इजरायलमा पाँचौं वलिहाङ कप  फूटबल प्रतियोगिता सम्पन्न , बिजेता किरात याक्थुङ चुम्लुङ इजरायल !

इजरायल बिसेष खेलकुद

 

तिनजुरे अनलाइन !

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा गत  नोभेम्बर ५ तारीख शुक्रबार साझ  बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण खेल सम्पन्न  भएको छ ।

इजरायलको खुलोन स्थित वोल्फ़सन ग्रास ग्राउन्ड मा नोभेम्बेर ५ तारिख शुक्रवार साझ सुरु  भएको उक्त  प्रतियोगितामा राइजिङ स्टार फूटबल क्लब ‘ माउन्ट एभरेस्ट फूटबल क्लब ‘ कायापलट फूटबल क्लब ‘दार्जलिङ भेटरेन फूटबल क्लब ‘हाइफा टाइगर फूटबल क्लब र आयोजक: किरात किरात याक्थुङ चुम्लुङ फूटबल क्लब सहभागी रहेका थिए !                                                                                                                        कि. या. चु. इजरायलकी अध्यक्ष  नुमा काङ्भा लिम्बू को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम  कार्यक्रमको प्रमुख अतिथि  नेपाली राजदुतावास इजरायलका सहचारी  प्रदिप सागर गिरि , त्यसैगरी बिशिस्ट अतिथि नेफिन इजरायलका उपाध्यक्ष  सुर्य राना मगर  विशेष अतिथि NRAN इजरायलकी उपाध्यक्ष  सुनिता गुरुङ  त्यसैगरी विभिन्न जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, मिडियाकर्मी लगायतको उपस्तिथि रहेको  थियो !

वलिहाङ कप पहिलो/दोस्रो/तेस्रो/चौथो/ र यश पटकको  पाचौं संस्करण बिजेताको ट्रफि र इजरायलि  ८ हजार सेकेल  पनि KYC FC ले नै हात पार्न सफल भएको हो !

बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता ”एकता र मित्रताको लागि फूटबल” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत इ.स. २०१६ देखि बलिहाङ तङनाम सुभ दिपावलीको अवसरमा निरन्तर आयोजना गरिरहेको छ।

वलिहाङ कप -2021  फूटबल  प्रतियोगिताको सम्पूर्ण नतिजाहरु :-

प्रतियोगिताको उध्दघाटन खेल आयोजक KYC FC  vs Kayapalata FC  बिच भएको थियो र उक्त खेलमा  आयोजक KYC FC १ को विरुद्ध  २ गोल गर्दै विजय भएको थियो भने man of the match Kayapalata FC  का goal keeper आशिष दाहाल घोषित भएका थिए!

त्यसै  गरी rising star FC vs  darjeeling FC बिच भएको दोश्रो खेलमा rising  star  FC  7-0 को फराकिलो अन्तर ले विजयी हुँदै सेमी फाइनलमा प्रबेश गरेको थियो भने उक्त खेलमा ४ गोल गर्दै rising  star  FC का दुर्गा लिन्बु man of  the match  घोषित भएका थिए!

बाइ मा परेको mount everst FC vs  KYC  FC  बिच प्रतियोगिताको पहिलो सेमी  फाईनल खेल भएको थियो उक्त पहिलो सेमी फाइनल खेलमा KYC FC ०-२ गोलले विजयी भइ फाइनल प्रबेश गरेको थियो भने उक्त खेलको man of   the match  KYC FC  का left  defense mahesh thoklen घोषित भएका थिए!

त्यसै  गरी प्रतियोगिताको दोश्रो सेमी फाइनल खेल बाइ मा परेको haifa tiger FC  vs  rising   star FC बिच भएको थियो  र उक्त  खेलमा rising star FC   ०-७ को फराकिलो अन्तरले विजयी हुँदै फाइनल प्रबेश गरेको थियो! भने ४ गोल गर्दै rising  star  FC का मिङ्मार शेर्पा man of the match  घोषित भएका थिए !

वलिहाङ कप -2021  फूटबल   प्रतियोगिताको फाइनल खेल आयोजक KYC FC  vs   rising    star FC   बिच भएको थियो! अत्यन्तै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा KYC  FC का क्याप्टेन   सुन्दर नेपालको १ गोल को मद्घतले KYC FC लगातार पाचौ पटक champions बनेको थियो भने फाइनल खेलमा गोल गरी आफ्नो टिमलाई champions बनाउन सफल क्याप्टेन सुन्दर  नेपाल man of the match घोषित भएका थिए!

प्रतियोगितामा fair play Team   haifa  tiger  FC   रह्यो भने

प्रतियोगिताको best  goal keeper   KYC FC  का विजय मगर घोषित भए भने

प्रतियोगिताको बेस्ट defense KYC  FC  का प्रबिन लिम्बु भए भने

प्रतियोगितामा सर्बाधिक ५ गोल गर्दै rising  star  FC  का दुर्गा लिन्बु high  scorer भएका थिए

भने आफ्नो खेल कौशलताले सम्पूर्ण खेलाडी तथा दर्शकहरुको मन जित्न  सफल KYC FC  का mahesh  thoklen  प्रतियोगिताको most valauable player घोषित भएका थिए!!

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 ÷ sixteen =