किराँत याक्थुङ चुम्लुङ इजरायलले साउने सक्रान्ति {सीसेक्पा तङ्नाम} को अबशरमा कार्यक्रम गर्ने |

इजरायल बिसेष

तिनजुरे अनलाइन्.

किराँत याक्थुङ चुम्लुङ इजरायलले आफ्नु मौलिक पर्ब सीसेक्पा तङ्नाम अर्थात साउने संक्रातीको शुभकामना आदन प्रदान कार्यक्रम जुलाई १३-२०१८ ) शुक्रवार साँझ ६:०० बजे तेलवीवको यार्कोन पार्कमा सम्पन्न गर्ने भएको छ |

सूचना जस्ताको त्यस्तै ..

|| हार्दिक निमन्त्रणा ||

याक्थुङ जातिहरु आदिमकाल देखि प्राकृतिक पुजक भएकोले प्रकृती र जीवन रक्षाको निमित्त समय अनुकुल देवी देवता भाकेर हावा,पानी,घाम,जुन,खोला,नाला,आगो,माटो साथै अन्न बालिलाई पुजा गर्ने प्रचलन रही आएको छ |

सोही अनुरुप इजरायलवासी याक्थुङ्हरुको साझा गौरवमय संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउदो ( जुलाई १३-२०१८ ) शुक्रवार साँझ ६:०० बजे तेलवीवको यार्कोन पार्कमा विभिन्न उखान,टुक्का,चुड्किला,नाच,गान, रमाइलो भेटघाट भलाकुसारी BBQ बनभोज साथै हामी याक्थुङहरुको मौलिक चार्ड सिसेक्पा तङ्नाम अर्थात साउने संक्रातीको शुभकामना आदन प्रदान गरिने कार्यक्रम भएको हुँदा, इजरायलवासी याक्थुङहरु लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा उपस्थितिको लागि किराँत याक्थुङ चुमलुङ इजरायल हार्दिक निमन्त्रणा गर्दछ |

मिती :- जुलाई १३-२०१८ शुक्रबार साँझ
स्थान :- तेलवीव यार्कोन पार्क
समय :- ६:०० बजे

सचिव – नुमा काङ्भा बखिम
| किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 ÷ two =