आदिवासी जनजाती माहासंघ ईजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा सम्पन्न |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

आदिवासी जनजाती माहासंघ ईजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा कार्यक्रम ईजराइलको तेल अभिभ स्थित यसोधामाला ४० मा सांस्कृतिक नृत्य गान सहित सम्पन्न भयो ।

 

प्रमुख अतिथी ईजरायल स्थित नेपाली राजदुबास ईजरायलका महामहिम राजदूत निरंजन कुमार थापाको उपस्थितमा सपन्न भएको सो कार्यक्रम आदिवासी जनजाती महासंघ ईजययलका अध्यक्ष नयन ईम्सोग लिम्बुले गर्नु भएको थियो भने कार्यक्रम संयोजक महासंघ प्रथम उपाध्यक्ष नरेश कुमारले गर्नु भएको थियो । छेठौ वार्षिकउत्सवको लगतै सुरु भएको साधारण सभा बाट निर्विरोध रूपमा नरेश कुमार श्रेस्ठको अध्यक्षतामा नया सचिवालय गठन भएको छ ।

विदेशी भूमिमा समेत नेपालको नेपाली राष्ट्रीय बहुभाषाहरू बहुभेषभूषा बहुधार्मिक बहुसांस्कृतिक नेपाली पहिचानलाई जोगाएर प्रचार संरक्षण तथा प्रबन्धन र नेपालको सांस्कृतिक पहिचानलाई जोगाऊन आदिवासी जनजाती माहासंघ अग्रपतिमा रहेको छ ।

नेपालको कुनै पनि भाषा धर्म संस्कृति पर्व साहित्य भेशभूषालाई तपाईको हाम्रो उसको भने बानी त्यागौ बरु नेपालको सवै भाषा संस्कृति धर्म पर्व सवै भाषाका साहित्यहरू सवै नेपालको नेपाली हो भने बानी बसालौ सवै राष्ट्रीय समुदायहरूले मनाऊँने नेपालको पर्वहरू संस्कृति भाषाहरू नेपालको गौरव हो शान हो भन्दै सो कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine + = fifty nine