नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ३० औं विश्व आदिवासी दिवस भव्य रुपमा मनायो

इजरायल बिसेष

 

इजरायल – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ३० औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाएको छ ।

गत शुक्रबार इजरायलको तेलअविभ स्थित लेभेन्स्कि फुटसल खेलमैदानमा नेपाली राजदुतावास इजरायलका कार्यबाहक राजदुत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता ३० औ बिश्व आदिवासि दिवस सम्पन्न गरेको हो !

कार्यक्रममा नेफिन इजरायलकी अध्यक्ष मनु श्रेष्ठको अध्यक्षता रहेको थियो भने नेफिन इजरायलका पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य सुन्दर योन्जन तामाङ, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नयन इम्सोङ लिम्बु, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नानी माया योन्जन तामाङ, निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहाकार कुमार आङ्देम्बे लिम्बुको विशेष आतिथ्यता रहेको थियो ।त्यस्तै जन सम्पर्क समिती इजरायलका कार्यबाहक सभापति कटक श्रेष्ठ प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि इजरायलका सचिव रमेश जोशी साथै कार्यक्रममा विभिन्न राजनैतिक, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, इजरायलमा विभिन्न उदेश्यले स्थापना भएका संस्थाका अध्यक्ष तथा प्रतीनिधि लगायतको उपस्थिति रहेको थियो ।

संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर !” भन्ने मूल नारा सहित नेपाल आदिवासी जनाजाति महासंघ इजरायलको आयोजना तथा सदस्य संस्थाहरुको सह–आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा महासंघमा आवद्ध सदस्य संस्था र समुदायको मौलिक कला, संस्कृति झल्कने झाँकि,नृत्य सहितको र्यालि , शुभकामना आदान–प्रदानको साथमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु सहित नेपाली आदिवासी जनजाती महासंघ इजरायलका बरिस्ठ उपाध्यक्ष मन मास्की मगरको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक खानाका परिकारहरु समेत खुवाएको थियो ।

इ. स.२०१२ मा इजरायलमा स्थापना भएको नेफिन इजरायलमा शेर्पा संघ इजरायल, नेपाल तामाङ घेदुङ इजरायल, किरात राई यायोख्खा नेपाल–इजरायल, तमु समाज इजरायल, किरात याक्थुङ चुम्लुङ इजरायल, राष्ट्रिय नेवा:खल: इजरायल, नेपाल मगर संघ शाखा इजरायल, र ह्योल्मो समाज इजरायल गरि आठ संस्था आबद्ध छन् !

हरेक वर्ष ९ अगष्टका दिन विश्व भर रहेका आदिवासी जनजातिहरुले विश्व आदिवासी जनजाति दिवस मनाउने गर्दछन् । तर य नेफिन इजरायलले इजरायलको काम अनि बिदाको समयलाइ मध्य नजर गर्दै १६ अगष्टमा भब्य रुपमा सम्पन्न गरेको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty eight ÷ = 4