गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको मुल आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह आयोजनामा हरितालिका तीज उत्सब २०७५ हुने |

इजरायल बिसेष

तिनजुरे अनलाइन/


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको मुल आयोजना तथा इजरायलमा रहेका खेल प्रेमी युवाहरुको समुह र विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आगामी १४ सेप्टेम्वर शुक्रवार विशेष दर भोजको साथमा तीज उत्सब २०७५ भव्यताका साथ मनाउने तयारी गरेको छ |

इजरायलको  तेलअभिव नजिकै रहेको वाइजमान  ६० मा रहेको हलमा शुक्रवार साँझको ठिक ८ बजेबाट कार्यक्रम  शुरु गरिने पनि आयोजकले जानकारी दिएका छन् । कार्यक्रम शुरु हुनुपूर्व कार्यक्रमहल अगाडि तीजको दरभोज खाने व्यवस्था रहेको पनि आयोजकले जनाइएको छ |

अघिल्लो साल झैँ यो सालपनि  इजरायलमा रहेका दिदि बहिनीहरुको वर्ष दिनको कामको थकान मध्यनजर गर्दै  परदेशी भूमिमा रहेपनि १ दिन मनोरंजन होस् भन्दै यो कार्यक्रम राखीएको र कार्यक्रमको सम्पूर्ण खर्च कटाई प्राप्त मुनाफालाई चितवन भरतपुर महानगरपालिका तथा धुर्मुस सुन्तली फाउन्डेसनले सयुक्त रुपमा निर्माण गर्न लागिएको क्रिकेट स्टेडियमको लागि सहयोग गरिने जानकारी तीज विशेष कार्यक्रमकी संयोजक एनआरएनए इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्ता अधिकारी ज्ञवालीले बताउनु भयो

कार्यक्रम लाइ भब्य बनाउन  नेपाल बाट आमन्त्रित लोकप्रिय गायिका उमा श्रेष्ठ  ख्यातीप्राप्त लोक गायक रामजी खाँड र लोक, पप, आधुनिक लगायत दर्जनौ सिनेमाहरुमा पार्श्व गीत दिइसकेकी अहिलेकी चर्चित गायिका माण्डवी त्रिपाठी लगायत स्थानिय कलाकार हरुको साथमा बेजोड प्रस्तुति रहने कुरा मूल आयोजक  (एनआरएनए एनसिसी) इजरायलले जानकारी दीएको छ |

उक्त कार्यक्रमको मुलआयोजकमा एनआरएनए एनसीसी इजरायल रहेको छ भने आयोजकहरुमा खेलकुदप्रेमी युवा समुह, प्रवासी नेपाली नागरिक समाज, इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज, चितवन समाज इजरायल, रुपन्देही समाज इजरायल, इजरायल गोर्खा एसोसिएसन, हिन्दु जागरण नेपाल अभियान इजरायल, ओम जन जागरण इजरायल, भोजपुर सेवा समाज, प्रवासी नेपाली एकता समाज इजरायल, मातृभुमीका लागि पर्वत सेवा समाज इजरायल, राष्ट्रिय तामाङ घेदुङ इजरायल रहेको  कार्यक्रम व्यवस्थापक एनआरएनए-एनसिसी इजरायलका महासचिव तेन्जीन शेर्पाले तिनजुरे अनलाइन लाइ  जानकारी दिएका छन्  ।

मूल आयोजक संस्था   गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलले इजरायलमा कार्यरत  सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि बिभिन्न  संघ संस्था मीडिया कर्मी लगायत सबैलाइ कार्यक्रममा उपस्थितको लागि अपिल समेत गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × one =