प्रवासी नेपाली मंच इजरायल महिला बिभागको आयोजनामा हरितालिका तीज,चौथा पूजाको पावन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
नेकपा (एमाले )प्रवास संगठन प्रवासी नेपाली मंच इजरायल महिला बिभागको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज,साथै चौथा पूजाको पावन अबसरमा शुभकामना आदान प्रदान साथै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम जुम भर्चुअल मार्फत गरिने भएको छ !

आउदो अगस्ट २३ तारिक साझ इजरायलको समय अनुसार ८:३० बजे अनलाइन एप्स जुम मार्फत सम्पन्न गरिने
प्रवासी नेपाली मंच इजरायल महिला बिभाग प्रमुख ठुली चन्द्रकला कोयि राईले जानकारी दीएकी छन !

उक्त कार्यक्रम सफल बनाउन जुम भर्चुअल आइ डी ४६२००९०६३
र पासवड २०२१ प्रयोग गरि सहभागी जनाउनशुभेक्षुक शुभचिन्तक सदस्यहरु साथै इजरायलमा स्थापित राजनैतिक जातिय, धार्मिक,सामाजिक संघ ,संस्थाहरु, मिडिया कर्मी, बिद्यार्थी बुद्धिजीवी विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा सहभागिताको लागी अनुरोध गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ five = two