इजरायलमा २५६९औं बुद्धजयन्ती मनाईने !

इजरायल बिसेष

इजरायल –
नेपाली दुतावास इजरायलको आयोजना गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल र नेपाल आदिबासी जनजाति महासंघ इजरायलको संयोजकत्व साथै इजरायलमा स्थपित क्रियाशील  सम्पूर्ण संघ संस्थाहरुको सह-आयोजनामा मे १२ तारिक २५६९औंबुद्धजयन्ती तथा  (International Day of Vesak)  मनाईने भएको छ  !

नेपालमा जन्मिएका विश्व शान्तिका अग्रदुत, अहिंसावादी सिद्धार्थ गौतमको २५६९ औं जयन्तीका अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी आपसी सद्धभाव, भातृत्व कायम गर्न बुद्ध जयन्ती मनाउन लागिएको नेपाली दुतावास इजरायलले जनाएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । विश्व शान्तिका लागि बुद्धले पु¥याएको योगदानको सम्झना र वर्तमान अवस्थामा सबैले बुद्धको ज्ञान, सन्देश बुझ्न र पालना गर्न आवश्यक रहेको छ ।

यस दिन नेपाल लगायत विश्वभरिका बौद्ध धर्मावलम्बीले बुद्ध जयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका स्थलहरुमा बौद्ध धर्म गुरु, लामा बसेर परम्परागत रुपमा गर्दै आएको पुजा, पाठ गरिन्छ । यस अवसरमा नेपालको विशेष गरि लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ ।

कार्यक्रममा स्थलमा जानको लागि बसको ब्यबस्था गरिएको संयोजक संस्थाहरुले जानकारी गराउदै  ९ तारिख शुक्रबार राती १२ बजे सम्ममा नाम टिपाउन जानकारी दीएका छन् !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =