तमु समाज इजरायलको ११ औ अधिवेशन सम्पन्न अध्यक्षमा रेखा तमुस्यो चयन !

समाचार

काठमाडौं ,तमु समाज इजरायलको ११ औ अधिवेशन गत शुक्रबार ११ जुलाई २०२५ मा इजरायलको तेल अभिवमा भब्य रुपमा सम्पन्न भएको छ !

तमू समाज इजरायलकी निवर्तमान अध्यक्ष बिन्दु_तमूस्योको सभापतित्व र नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष सुर्य बहादुर मगरको प्रमुख आतिथ्य रहेको थियो !

त्यस्तै राष्ट्रिय समुदायका संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, इजरायलमा क्रियाशील सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, मिडिया कर्मी समेतको उपस्थितीमा ११औ अधिवेसन सम्पन्न भएको अध्यक्ष रेखा तमुस्योले जानकारी दिनु भयो !

अधिवेशनले आगामी दुई बर्ष अर्थात सन् २०२५ – ०२७ को लागि रेखा तमूस्योको अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । त्यसैगरि अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा गायत्री तमूस्यो, द्धितिय उपाध्यक्षमा खोप्स तमू, तृतिय उपाध्यक्षमा इन्द्रजंग गुरुङ, महासचिवमा सोनी तमूस्यो, सचिवमा सबु तमूस्यो, सह – सचिवमा तेज माया तमुस्यो, कोषाध्यक्षमा अनिल तमू, सह – कोषाध्यक्षमा दुर्गा तमूस्योलाइ चयन गरिएको हो । यसका साथै सदस्यहरुमा बिरेन तमू, मिलन तमू, बिना तमूस्यो, प्रणय तमू, धना तमूस्यो, प्रेम तमू, शुशिल तमू, देबी तमूस्यो, खुशी तमूस्यो, अञ्जली तमूस्यो, रोशनी तमूूस्यो, लिला तमूस्यो, कविता तमूस्यो, खेमराज तमू, रिता क्ल्हे तमूस्यो, विध्या तमूस्यो, अमृता तमूस्यो, उमा तमूस्यो, सुनमती तमूस्यो, रिचा तमूस्यो र दोलख तमू चयन भएका छन् ।

अधिवेशनले तीन सदस्यीय संरक्षक समिति र चार सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको छ । संरक्षक समितिमा डिक कुमार तमू, ओम तमू र खुशी क्ल्हे तमूस्यो रहेका छन् । भने सल्लाहाकार समितिको प्रमुखमा बिन्दु तमूस्यो र सदस्यहरुमा रिता क्ल्हे तमूस्यो, बुद्धि तमूस्यो र हस्त कुमारी तमूस्यो रहेका छन् ।

प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु , “अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका २०६ मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × one =