इजरायलमा २५६२ औं बुद्ध जयन्ती मनाउने भब्य तयारी हुँदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन, इजरायल /

इजरायलको तेलअभिवमा २५६२ औं बुद्ध जयन्ती भव्य रुपमा मनाइने भएको छ । गत शुक्रबार गैरआवासीय नेपाली संघ इजरायलको तेलअभिवस्थित कार्यालयमा भएको बैठकले शान्तिका अग्रदूत भगवान गौतम वुद्धको २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । कार्यक्रमलाई सफल पार्न संघले बिभिन्न समिति गठन गरेको छ । सो समितिले आगामी अप्रिल १४ तारिख हुने बैठकमा दिईएको जिम्मेवारीहरूको प्रगति विवरण पेश गर्नेछन् ।

बुद्द जयन्ती समारोह लाई सफल बनाउनको निमित्त बिबिध बिभागीय कार्यभार हरु पनि ज़िम्मा दिईसकेको छ ! :- हल ब्यबस्थापन संयोजक : तेन्जीङ शेर्पा आर्थिक संयोजक :- छिरीङ शेर्पा नयन प्रसाद लिम्बु तीर्थ गौतम निमन्त्रणा संयोजक :- राजदुतावास सहयोगीहरु :- डोमा शेर्पा , सुन्दर सिंह लामा तामाङ , सानु गुरुङ अतिथी सत्कार संयोजक : सुजाता गौतम स्वयंसेवक संयोजक :- लक्ष्मीधर गौतम रहनु भएको छ |

 नेपाली राजदूताबास इजरायलको प्रमुख आयोजकत्वमा मनाउन लागिएको भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा सम्पन्न गर्न गराउन इजरायलमा स्थापित बिभिन्न संघ सस्था लगाएत सञ्चारकर्मीहरूलार्इ आगामी अप्रिल ७ तारिख भित्र सह आयोजक, मिडिया पाटनरका रूपमा सहकार्य गर्न आव्हानसमेत गरिएको छ  भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती मे १२ तारिख शनिबार बिहान ११ बजेबाट तेलअभिवमा हुनेछ ।

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 8 = one