प्रवासी सृजनशिल महिला समुह इजरायलको तेश्रो वार्षिकोत्सव हुने |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । बैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका झापा दमकका महिलाहरुको समूहले स्थापनाको तेश्रो वार्षिकोत्सव मनाउन लागेको हो ।

यहि मार्च १६, २०१९ शनिबार बिहान १० ठिक बजेबाट इजरायलको तेलअविभस्थित यासोदामाला-३८ मा कार्यक्रम गर्ने तय भएको बताइएको छ ।महिला स्वाबलम्बन साथै समाज सेवाको मुल उद्धेश्यका लागी स्थापित समुहले स्थापना काल देखीनै नेपालका बिभिन्न ठाउमा सामाजिक कार्य गर्दै आएको छ । 

वार्षिकोत्सव कार्यक्रमलाई सफल बनाउन समुहका सम्पुर्ण पदाधिकारीका साथै इजरायल कार्यरतसबैमा अनुरोध गरिएको कुरा समूहकी अध्यक्ष माला योन्जन तामाङ बताएकि छिन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× three = twelve