झापालि समाज इजरायलको पाँचौ अधिवेशन हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
झापालि समाज इजरायलको पाँचौ अधिवेशन फेब्रुअरी १७ तारीख तेलअबिबमा साझ ६ बजे देखी सुरु हुने भएको छ !

तेलभिबको यसोदामाला २४ मा उक्त अधिवेसन हुन लागेको हो संयोजक मुना अधिकारीले जानकारी दीएकी छन !

कार्यक्रमलाई सफल बनाउन इजरायलमा कार्यरत सम्पुर्ण झापाली दाजुभाई तथा दिदि बहिनीहरु साथै इजरायलमा स्थापित धार्मिक, सामाजिक, राजनैतिक, जातीय, साहित्यिक संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि लाई उपस्थित भएर पाँचौ अधिवेशन भब्य र सभ्य रुपमा सफल बनाउन निमन्त्रणा गरिएको कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद चापागाईले बताएका छन !

झापालि समाज इजरायल समग्र झापाको बिकासका निम्ति हामी झापाली” भन्ने मुल नाराका साथ सन २०१५ मा इजरायलमा स्थापना भएको हो स्थापना काल देखी नै झापा लगायत नेपालका विभिन्न ठाउमा सहयोग गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × eight =