किराँत याक्थुङ चुम्लुङ इजरायलले “याक्वा तङ्नाम” मनाउने |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

भाषा कला संस्कृतिको जगेर्ना गर्दै बिगत ५ वर्ष अगाडी इजरायलमा स्थापना  भएको किरात याक्थुङ चुम्लुङ इजरायले  आफ्नु मौलिक पुजा “याक्वा तङ्नाम” आउदो (मे ११-२०१८) शुक्रबार तेलअभिब को लेबेन्स्की ९९  को ८ नम्बर तलामा साझ ५:३०  बजे बाट  पुजा सुरु गर्ने भएको छ|

 सूचना जस्ताको त्यस्तै 

!! हार्दिक निमन्त्रणा !!

याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक भएको कुरा मुन्धुमहरुमा प्रष्ट रहेको छ । मुन्धुमलाई हामी याक्थुङहरुले जिवनको मार्गदर्शनको रुपमा अनुसरण गर्दछौ । त्यसैले प्रकृति र जीवन रक्षाको निम्ति याक्थुङहरुले विभिन्न समयमा देवि देउतालाई भाकेर हावा,पानी,घाम,जुन,आगो,माटो,साथै बालिनालीहरुलाई पुजा गर्ने प्रचलन छ ।
सोही अनुरुप इजरायल बासी याक्थुङहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउदो (मे ११-२०१८) शुक्रबार ५:३० बजे याक्वा तङ्नाम पुजा गर्ने भएकोले समस्त इजरायल बासी याक्थुङ लगायत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनीहरुमाहरुलाई उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

Note: त्यस दिन धेरै कार्यक्रमहरु भएकोले तोकिएको समयमा सुरु गरि १ घन्टा भित्रमा पुजा सक्नु पर्ने हुँदा,समयमै छुट्टिमा हुने महानुभावहरु उपस्थित भइदिन हार्दीक अनुरोध गर्दछौं ।

मिति :- मे 11-2018 शुक्रवार ।
स्थान :- लेबेन्स्की 99 तला : 8
समय :- 5:30 (pm) बजे पुजा सुरु हुने ।

किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × six =