नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलले पाचौं स्थापना दिवस मनाउने |

इजरायल बिसेष

तिनजुरे अनलाइन /

राष्ट्रिय  सङ्घीय समाजवादी फोरम,नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको  पाचौं स्थापना दिवस  १५ जुन २०१८ शुक्रबार नेविसनन स्ट्रिट-४७ तेलअबिबमा मनाउने भएको छ |“संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मुख्य सन्देश बोकेर एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा मनाउन लागिरहेको  “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलकी   (महासचिव) पासाङनुर्बु शेर्पाले जानकारी दिनु भयो |

उक्त सूचना जस्ताको त्यस्तै 

तशिदेलेक/सङ्घीय अभिवादन ! हाम्रो गौरवशाली राष्ट्रिय पार्टी सङ्घीय समाजवादी फोरम,नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौं स्थापना दिवस “संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मुख्य सन्देश बोकेर एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा मनाउन गैरहेकोले उक्त ऐतिहासिक कार्यक्रममा आदरणीय इजरायलवासी सम्पूर्ण श्रमजीवि,नेपाली दिदीबहिनी,दाजुभाईहरु,राजनीतिक,सामाजिक,धार्मिक,साहित्यिक,कलाकार,विधार्थी,बुद्धिजीबी,समाजसेवी साथै सम्पूर्ण अनलाईन मेडियाका संचारकर्मी बन्धुहरुको गरिमामय उपस्थितिको लागि हाम्रो प्रवास संगठन हार्दिक निमन्त्रणा गर्दछौ | कार्यक्रम तालिका : मिति:-१५ जुन २०१८ सुक्रबार | समय :-५:०० देखि ६:३० सम्म मात्र | स्थान :-नेविसनन स्ट्रिट-४७ तेअलभी | नोट:(उक्त मितिमा अन्य संघ,संस्थाहरुको कार्यक्रमलाई बाधा नपुगोस भन्नका खातिर कार्यक्रम समय छिटो राखिएको र तोकिएको ठिक समयमा नै कार्यक्रम सुचारु हुने जानकारी गर्दछु|) पासाङनुर्बु शेर्पा (महासचिव) तथा नेपाली सङ्घीय समाज(नेफेसो)इजरायल परिवार |

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =