इजरायलमा लायन नयाँ बर्ष २०८० कप हुदै । आज सम्मकै सर्वाधिक पुरस्कार राशी ।

इजरायल बिसेष

इजरायल । नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा इजरायलमा “लायन नयाँ बर्ष २०८० कप” फुटवल प्रतियोगिता हुने भएको छ ।

गत शुक्रबार तेलअभिवमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता बार जानकारी दिईएको हो । लायल तेलअविभ इजरायल फुटवल क्लबको आयोजनामा आउदो अप्रिल १४ मा प्रतियोगिताको आयोजना हुनेभएको छ ।

आयोजक क्लबका संस्थापक दिपक प्रसाद ओलीका अनुशार यस पटकको प्रतियोगितामा इजरायलमा भएका प्रतियोगिताहरुकै सबै भन्दा धेरै पुरस्कार राशी राखेर आयोजना गर्न लागिएको बताएका छन् । उनका अनुशार प्रथम पुरस्कार ११ हजार १ सय ११ सेकेल ट्रफि, मेडल र दोश्रो ५ हजार ५ सय ५५ नगद सहित ट्रफि मेडल राखिएको छ ।

यस्तै यस पटक बिधागत पुरस्कार पनि थप गर्दै पहिलो पल्ट उत्कृष्ट कोच, मेनेजर र राईजिङ प्लेयर सहित Fair Team Cup, Man Of the Match, Best Keeper, Best Defender, Most Valuable Player, High Score लगायत लाई ट्रफि राखिएको बताईएको छ ।

आयोजक क्लबका ब्यवस्थापक खेमराज जमरकट्टेलका अनुशार यस पटकको प्रतियोगितामा इजरायलमा स्थापित आयोजक सहित ७ टिमले सहभागी जनाउने भएका छन् । जसमा आयोजक लायन तेलअविभ, Haifa Tiger FC, KYC FC, Rising Star FC, 7Star Haifa, United Brothers FC, Darjeeling United FC क्लबहरु रहेका छन् भने सहभागी टिमहरुको खेल तालिका पनि तयार गरिएको जानकारी दिएका छन् ।

बिगत लामो समय देखी इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरु बिच भाईचारा, सद्भाव र मित्रतालाई उच्च स्थानमा राखेर आयोजना हुदै आएका यस प्रकारका फुटवल प्रतियोगिताहरुको निरन्तरता स्वरुप यस पटकको प्रतियोगितालाई पनि हेरिएकोले भाईचाराको उचाई थप माथि पुग्ने आयोजकले बताएको छ ।

प्रतियोगिता आयोजनाका लागी पत्रकार सम्मेलनमा निम्न अनुशारको खेल नियम पनि आयोजकले जानकारी गराएको थियो ।

१, खेल अवधि २०/२० मिनेट गरेर जम्मा ४० मिनेटको हुनेछ । १० मिनेट रेस्ट समय रहनेछ ।

२, खेल निर्धारित समयमा बराबर भएमा पेनाल्टि सुटआउट ३/३ जनाबाट प्रहार गराईनेछ । उक्त प्रकृयाबाट नतिजा नआए SUDDEN DEATH का आधारमा निर्णय गरिनेछ । यसमा पनि निर्णय नभएमा टस मार्फत नतिजा निकालिनेछ ।

३, 7-A Side खेल भएकोले प्रत्येक टिममा ७ जना खेलाडी र ४ वैकल्पिक गरि जम्मा ११ जना खेलाडी हुनुपर्नेछ ।

४, प्रत्येक टिमका खेलाडीले जर्सी नं अङ्कित जर्सी एउटै कलर, फुल सक्स, जुत्ता, क्याप्टेनको आमबेण्ड, गोलकिप्पर ग्लोब्स र 1M by 1M को लोगो अङ्कित झण्डा वा ब्यानर ल्याउनु पर्नेछ ।

५, सहभागी टिमको जर्सी कलर मिल्न गएमा टस गरिनेछ र टस हारेको टिमले बैकल्पिक जर्सी प्रयोग गर्नु पर्ने छ । वा त्यो नभएको खण्डमा आयोजकले विप्स उपलब्ध गराउनेछ ।

६, दर्ता गरिएका प्रत्येक टिमको खेलाडीहरुको नाम आयोजक समक्ष अप्रिल ७ बेलुका ५ बजे सम्म बुझाई सक्नुपर्नेछ । दर्ता भएको नाम उक्त टिमबाट मात्रै सहभागी हुन पाउनेछन र फेरबदल गर्न पाईने छैन । सम्पुर्ण नाम लाईन तेलअविभको अफिसियल फेसबुक पेजबाट प्रकाशन गरिनेछ ।
७, यस प्रतियोगितामा अफसाईड हुनेछैन ।

८, खेल संमय, अनुशासित र चोट रहित खेल्न आयोजक प्रोत्साहन गर्नेछ र प्रतियोगितामा कुनै पनि खेलाडीलाई चोटपटक लागेमा आयोजक जिम्मेवारी हुनेछैन ।

९, खेल अनुशासन हिन, रफ खेलेमा रेफ्रिले परिस्थिति अनुशार पहेलो वा रातो कार्ड देखाउन सक्नेछ । पहेला कार्ड पाएमा ५० सेकेल र रातो कार्ड पाएमा ७५ सेकल सहित उक्त खेल र त्यसपछिको १ खेल प्रतिबन्ध हुनेछ ।
१०, खेल अवधिमा कुनै विवाद आए अन्तिम निर्णय रेफ्रिको हुनेछ अथवा अन्य समस्या आए आयोजकको अन्तिम निर्णय हुनेछ ।

११, “खेल हारजित हो, संयम खेलाडीको परिचय” नारा अनुरुप सम्पुर्ण खेलाडी र अफिसियलहरुले मित्रताको उच्च नमुना प्रस्तुत गर्दै अनुशासित भई खेलमा सहभागी हुनुपर्नेछ । खेल अवधिभर मादक पदार्थ सेवन गरेको पाईमा खेलमा सहभागी हुन दिईनेछैन ।

१२, खेल समयमा खेलाडीहरु बिच कुनै विवाद, रेफ्रि निर्णय संग असन्तुष्ट लगायत केहि भएमा उक्त टिमहरुका कुनै पनि अतिरिक्त खेलाडी, अफिसियल वा अन्य कोहि मैदान प्रवेश गर्न निशेध गरिएको छ । यदि प्रवेश गरेको पाईएमा प्रति ब्यक्ति ५० सेकल जरिवाना उक्त टिमलाई गराईनेछ ।

१३, मौषमका कारण वा अन्य प्राविधिक आकस्मिक केहि समस्या आईपरे खेल नहुने भएमा प्रतियोगिता आयोजना मिति भन्दा ३ दिन पहिला खेल स्थगित भएको जानकारी गराईनेछ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = twenty