पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस सम्पन्न

इजरायल बिसेष

तिनजुरे अनलाइन/

पुर्व अर्थमन्त्री एबम एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको साथमा प्रवासी नेपाली मन्च इजरायलको स्थापना दिवस  तथा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार इजरायलमा सम्पन्न भएको छ |

मंचका अधक्ष्य तिर्थ गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मन्चका उपाध्यक्ष जय ओडारीले संचलान गरेका थिए । एमालेका केन्द्रीय सहकारी स्कुल विभागका सदस्य खेम पाण्डे पनि अथितिका रुपमा रहेको मंचले जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति पाण्डेयले माओबादीसंगको एकताको सबै कुरा मिलिसकेको हुदा छिटै पार्टी एकता हुने बताएका थिए ।

मंचको तर्फबाट प्रमुख अथिति र अथितिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

(स्वदेश नेपालको सहयोगमा )

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =