अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल (शाखा) को छैटौं साधारणसभा हुने |

इजरायल बिसेष

तिनजुरे अनलाइन /

अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल (शाखा) को छैटौं वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रम यहीँ जुन १५ तारिख शुक्रबार सांझ NAVE SHA’ANAN-46 TEL-AVIV को  हलमा हुने भएको छ|

नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने उदेश्यले  स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखाको  छैटौंवर्ष भव्यताको साथ मनाउन लागेको  मन्चका महासचिव कुमार आङ्देम्बे (अबि)ले तिनजुरे अनलाइन डट नेट  लाइन लाई जानकारी दिनु भएको छ |

साथै कुनै पनि प्रतिभा (नृत्य,गायन,साहित्य,नाट्य,हास्य) कलामा रुचि राख्नु हुने अथवा सिक्न र सिकाउन चाहनु हुने सबै बिधाका कलाकारहरुले त्यस दिन कार्यक्रममा उपस्थित भइ,अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखाको सदस्य बन्न विनम्र अनुरोध गरेको छ|

 इजरायलमा कार्यरत विभिन्न विधाका कलाकार,साहित्यकार,पत्रकार,संघ-संस्था/संगठनका नेतृत्ववर्गहरु,बुद्धिजीवीबर्गहरु साथै नेपाली कला,संस्कृति,साहित्य अनुरागी, शुभचिन्तक तथा सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनीहरुलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखाको कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन हुन हार्दिक निमन्त्रणा समेत गरेको छ |

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen ÷ two =