नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २९औं विश्व आदिवासी दिवस कार्यक्रम मनाईदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २९औं विश्व आदिवासी दिवस कार्यक्रम भब्य रुपमा मनाइने भएको छ !

आउदो अगस्ट ११ तारीख शुक्रबार फुटसल ग्राउन्ड लेभेन्स्की पार्क तेल अभिबमा साझ ६:३० बजे देखी उक्त कार्यक्रम मनाउन लागीएको बताईएको छ !

२९औं विश्व आदिवासी दिवसमा शेर्पा संघ, नेपाल तामाङ घेदुङ संघ, किरात राई यायोख्खा नेपाल–इजरायल, तमु समाज इजरायल, किरात याक्थुङ चुम्लुङ इजरायल, राष्ट्रिय नेवा:खल: इजरायल, नेपाल मगर संघ शाखा इजरायल, र ह्योल्मो समाज इजरायल लगायतका जातीय संस्थाका मौलिक पहिचान झल्किने झाँकी ,राष्ट्रिय सामुदायिक खानाको परिकार सहित कार्यक्रमलाइ भब्य रुपमा मनाउन लागीएको नेपाल आदिवासि जनजाती महासङ इजरायलका अध्यक्ष कुमार आङदेम्बे (अबि)ले जानकारी दीएका छन  !

“आत्मानिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक आदिवासी युवा” भन्ने मूल नाराका साथमा २९औं विश्व आदिवासी दिवस कार्यक्रम मनाउन लागिएको हो , कार्यक्रम लाई सफल बनाउन इजरायलमा स्थापित जातिय, धार्मिक, सामाजिक, राजनैतिक ,साहित्यिक संघ ,संस्थाहरु,सञ्चारकर्मीज्यूहरु, बुद्धिजीवी महानुभावज्युहरु लगायत विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा सहभागिताको लागि नेपाल आदिवासी जनजाती महासंघ इजरायलले सूचना जारी गरेको छ !

त्यस्तै कुनै संघ ,संस्था वा व्यक्तिहरुले नि:शुल्क रुपमा विभिन्न समुदायगत नेपाली राष्ट्रिय खानाको परिकारहरु राख्न चाहनुहुन्छ भने नेफिन इजरायल सङ सम्पर्क गर्न सकिने समेत महासचिव रन्जना ग्याबक तामाङ ले जानकारी दीएकी छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 ÷ = eighteen