नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा समन्वय समिति इजरायलको आठौं अधिवेशन सम्पन्न, अध्यक्ष राजकुमारि श्रेष्ठ 

इजरायल बिसेष

तिनजुरे अनलाइन । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा समन्वय समिति इजरायलको आठौं अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।

तेलअबिभको नोकिया पार्कमा गत  भदौ २२ गते शुक्रबार, ८ सेप्टेम्बरमा अध्यक्ष चिनु सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो

आठौँ अधिबेशनबाट अध्यक्षमा राजकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा इन्दिरा केसी, उपाध्यक्षमा रेखा पन्त र कटक श्रेष्ठ चयन भएका छन् । यस्तै सचीवमा स्वस्तिका श्रेष्ठ, कोषाध्यक्षमा अमीरा थापा श्रेष्ठ, सह–कोषाध्यक्षमा अर्चु भण्डारी निर्वाचत भएका छन् ।

सदस्यहरुमा क्रमशः निरु ठकुरी, अलि मोहम्मद मिया, सृजना न्यौपाने रिजाल, अरूणा खड्का र सल्लाहकारमा मनु श्रेष्ठ, बिमला श्रेष्ठ, शम्भु प्रसाद खनाल, शान्ता ज्ञवाली अधिकारी, देव वास्कोटा, कुमार पौडेल चयन भएका छन् । यसैबीच संरक्षकमा भिमा थापा, चिनु सुवेदी रहेका छन् । कार्यक्रममा इजरायलमा बस्दै आइरहेको नेपालीहरुको सहभागीता रहेको थियो

मनोरञ्जन परोपकार र लगानी क्षेत्रको पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने मुल नाराका साथ बि.सं. २०७० सालमा स्थापना भई विभिन्न सामाजिक कार्य गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty five + = 56