नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस भव्यताका साथ सम्पन्न |

इजरायल बिसेष

तेलअविव –

नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस १५ जुन (शुक्रबार) तेल अविवमा भव्यताको साथ सम्पन्न भएको छ | समाजको अध्यक्ष सुन्दरसिहं लामा तामाङको सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि:-नेपाली राजदुतवासका महामहिम निरञ्जन कुमार थापा , विशेष अतिथिहरु नेपाली दुतावास इजरायलको उपनियोग प्रमुख आस्था सुब्बा , इजरायल भ्रमणमा रहनु भएका नेपाल सरकारको पुर्व सचिव आत्माराम पाण्डे , नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नयन इमासो ङ, एन आर एन ए का अध्यक्ष छिरिङ लामा शेर्पा रहनु भएको थियो भने अतिथिहरुमा इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि र मिडियाकर्मीहरुको सहभागी रहेको थियो |

कार्यक्रममा स्वागत मन्तव्य संगठनका प्रबक्ता समिर स्याङबा ह्योल्मोले राख्नु भएको थियो भने कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष बाल कुमार राई पार्टी केन्द्रिय समिति तथा प्रवास इन्चार्ज आङकाजी शेर्पाबाट ऐतिहासिक पाचौ स्थापना दिवस कार्यक्रमको पूर्ण सफलताको लागी पठाईएको शुभकामना-पत्र वाचन गरि सुनाउनु भएको थियो | कार्यक्रममा विमला लामा तामाङ(नुवाकोट) फुलमाया लामा तामाङ(सुनिता)सिन्धुपाल्चोक पार्टी प्रवेश गरेकी थिईन् |

कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत निरन्जन कुमार थापा , छिरिङ शेर्पा एन आर एन ए , अध्यक्ष नयन इम्सोङ लिम्बु (नेआज महासंघ),प्रवासी नेपाली मचंका अध्यक्ष तिर्थ गौतम (नेकपा),अन्तरास्ट्रिय नेपाली समाज तेजबहादुर श्रेष्ठ (नयाँ शक्ति),लुम्बिनी कपिलवस्तु अभियानकी संयोजक मिना वान्तवा राईले शुभकामना मन्तव्य राख्नु भएको थियो |

कार्यक्रमको अन्तमा सभापति सुन्दर सिंह लामा तामाङले ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन क्रियाशील सहकर्मी,सहयात्री पार्टी संगठनका सम्पूर्ण पदाधिकारी साथीहरु,शुभचिन्तक,समर्थक सम्पूर्ण महानुभावहरुमा जनप्रिय गौरवशाली ससफो नेपाल राष्ट्रिय पार्टीका प्रवास संगठन नेपाली सङ्घीय समाज(नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस सफलतापुर्वक सु-सम्पन्न गर्न गराउनका निमित प्रत्यक्षरुपमा गरिमामय उपस्थिति हुनु भई महत्वपूर्ण शुभकामना मन्तव्य राख्नुहुने सम्पूर्ण महानुभावहरुलाई साथै विभिन्न सहयोग साथ गर्नु हुने आदरणीय महानुभावहरुमा प्रवास संगठनको तर्फबाट र व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो |तामांग अनलाइनको सहयोगमा

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

22 ÷ twenty two =